ल क्याम्पसको लापरबाहीले परीक्षा नै छुट्यो

+
-

काठमाडौं- नेपाल ल क्याम्पसको लापरबाहीले दुई जना विद्यार्थी एलएलबी प्रथम बर्षको परीक्षा दिनबाट बन्चित भएका छन्।

परिक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले तोकेको समयभित्र परीक्षा फाराम भर्दा पनि ल क्याम्पसका विद्यार्थी वसन्त पौडेल र उमेश भट्टराईले परीक्षा दिन नपाएका हुन्।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख कर्णबहादुर थापाले क्याम्पस प्रशासनको त्रुटिले विद्यार्थीले परीक्षा दिन नपाएको स्वीकार गर्दै भने, ‘हामीले पनिकासँग परीक्षा दिन पाउने व्यवस्था गरिदिन आग्रह गरेका थियौं, तर उहाँहरुले मान्नु भएन।’

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीको अन्तिम नामावली र परिक्षा केन्द्र समेत तोकिसकेकाले परीक्षामा सामेल हुने व्यवस्था गर्न नसकिएको देश सञ्चारलाई बताए।

क्याम्पस प्रमुख थापाले भने, ‘पनिकामा फारामहरु बुझाए पछिएउटै विद्यार्थीका नाममा दुई-तीनवटा फाराम भरिएको जानकारी पनिकाले दिएको थियो।’ त्यसपछि ल क्याम्पसका कर्मचारीले पनिका गई फाराम सर्टिंङ गर्दा उमेश भट्टराई र वसन्त पौडेलको नाममा ३ वटा फाराम भेटिएपछि कर्मचारीले भूलबश भट्टराई र पौडेलको फारम क्याम्पसमा फिर्ता ल्याउँदा उनीहरुले जाँच दिन नपाएको थापाले जानकारी दिए।

थापाले लापरबाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताए।

उमेश भट्टराईले आक्रोसित हुँदै भने, ‘कानुन बुझेको ल क्याम्पसमा त यस्तो लापरवाही हुन्छ भने अन्त के होला!’

एलएलबी प्रथम बर्षको परीक्षा गत बिहीबारबाट सुरु भएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’