आज नेपाल र मलेसिया भिड्दै

+
-

काठमाडौं- थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले शनिबार मलेसियाको सामना गर्दै छ। थाइल्यान्डको टीसिजी मैदानमा हुने यस खेलमा जित हात पार्दै नेपाल फाइनल पुग्ने प्रयासमा छ।

नेपालले समूहगत चरणमा तीनवटै खेलमा शानदार जित हात पारेको थियो। यता मलेसिया भने समूह बीको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। उसले समूहगत चरणमा सिंगापुरसँग हार ब्यहोरेको थियो भने भुटान र चीनलाई हराएको थियो।

नेपाल यस प्रतियोगितामा बेजोड देखिएको छ। समूहगत चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ५० रनको लक्ष्य दिएको थियो भने विपक्षी टोलीलाई १३ रनमा अलआउट गरेको थियो। त्यसअघि पहिलो खेलमा थाइल्यान्डलाई १ सय ३३ रनले हराएको नेपालले दोस्रो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो।

एसिसीले यसअघि आयोजना गरेको एसिसी यु १६ प्रिमियर क्रिकेटमा नेपाल विजेता बनेको थियो जुन एसियाका एसोसिएट टोली स्तरको प्रतियोगिता थियो। तर यसपटकदेखि एसिसीले एसियाका एसोसिएट टोलीलाई भौगोलिक रुपमा विभाजन गरी इस्टर्न रिजन र वेस्टर्न रिजन च्याम्पियनसिपका रुपमा प्रतियोगिता आयोजना गर्न थालेको छ। नेपालले हालसम्म एसिसीले आयोजना गर्ने एसोसिएट मात्र सम्मिलित सबै स्तरका (उमेर र सिनियर)प्रतियोगिताको उपाधि जितेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’