राहुल गान्धीले सम्हाले भारतीय कांग्रेसको नेतृत्व

राहुल गान्धीले सम्हाले भारतीय कांग्रेसको नेतृत्व
+
-

नयाँ दिल्ली- राहुल गान्धीले शनिबारबाट १३२ वर्ष पुरानो भारतीय कांग्रेसको नेतृत्व सम्हालेका छन्। नेहरु गान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्‍ने उनी पाँचौ पुस्ताका सदस्‍य हुन्।

यसअघि मोतिलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गानेधी, राजीव गान्धी र सोनिया गान्धीले नेतृत्व सम्हालि सकेका छन्।

राजीव गान्धीको हत्‍याको सात वर्षपछि पार्टी नेतृत्व सम्हालेकी सोनिया गान्धीले १९ वर्षसम्‍म पार्टीको नेतृत्व सम्हालेपछि त्यसको विधिवत हस्तान्तरण राहुल गान्धीलाई गरिएको छ।

भारतीय कांग्रेसका प्रवक्ता राजदीप सिंह सूर्जेवालाले सोनिया गान्धीले कांग्रेस अध्यक्षको पद मात्र त्‍याग गरेको तर राजनीतिबाट सन्यास नलिएको ट्‌वीट मार्फत जानकारी दिएका छन्।

४८ वर्षीय राहुल गान्धी गुजरात तथा हिमाञ्‍चल प्रदेशमा भएको सम्पन्‍न चुनावी प्रचारबाट फर्किएपछि उनको ‘राज्‍याभिषेक’ नयाँ दिल्लीको २४-२६ अकबर रोडस्थित कांग्रेस मुख्‍यालयमा भएको हो।


सोनिया गान्धीको अध्यक्षतामा पार्टीले सन् २००४ देखि दुई पदावधिसम्‍म केन्द्रमा संयुक्त प्रगतिशील गठबन्धनको नेतृत्वमा सरकार चलाएको थियो।

यसअघि पार्टीको उपाध्‍यक्ष रहेका राहुल गान्धीलाई सभापतिका रुपमा जिम्‍मा लिन पार्टीको केन्द्रीय कार्यकारीले गत साता आग्रह गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?