प्रदर्शनीमा राखिएको धरहरा हेर्न आउनेको ओइरो

+
-

जितपुर, कपिलवस्तु- कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमूना धरहरा हेर्न आउनेको ओइरो लागेको छ। भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिनप्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिए।

भूकम्पले धरहरा ढलेपछि कहिले,कस्तो बन्ला भन्ने सबैमा कौतुहल जागिरहेको बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाइएको सुन्दर नमूना धरहराले दर्शकको मन तानिरहेको छ। शुक्रबारसम्म जिल्ला बाहिर र भित्रका गरी दश हजारभन्दा बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका संयोजक राजकुमार खाँणले बताए।

यस वर्षको मुख्य आकर्षणका रुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन्। प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भए पनि यसपालि राखिएको धरहरा हेर्नकै लागि आफूहरु आएको दर्शकले बताएका छन्। वाणगंगा– ९ पडरियाकी लक्ष्मी अर्यालले भनिन्, ‘धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाइ ढल्यो, त्यसैले यहाँ हेर्न आएकी छु ।’

‘एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता’ नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मंसिर २३ बाट शुरु भएको हो। महोत्सव पुस ५ गतेसम्म जारी रहनेछ। युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?