
दशरथ घिमिरे
८ years पहिले
अ
+
अ
अ
-
दाङ–दाङको बबई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सहित १० जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
हापुरेका बालिराम केसीको घरमा जुवा खेलिरहेको अवस्थामा बबई गाउँपालिका २ का वडाअध्यक्ष चिन्तामणि आचार्यसहित १० जना पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रकास सापकोटाले जानकारी दिए।
आचार्य स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनाव लडेर वडाअध्यक्षमा निर्वाचित भएका थिए। जुवाखालबाट एक लाख ३५ हजार ३ सय ९६ रुपैयाँ प्रहरीले बरामद गरेको छ।

