आइसरले ल्यायो ठूलो क्षमताको टिप्पर

आइसरले ल्यायो ठूलो क्षमताको टिप्पर
+
-

काठमाडाैँ- भल्भो आइसर कमर्सियल भेइकल कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता इस्टर्न एजेन्सीले नेपालमा ठूलो क्षमताको टिप्पर सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको एक होटलमा आइसर कन्ट्रक्सन समिटकोआयोजना गरी इस्टर्न एजेन्सीले टिप्पर ल्याएको हो।

भल्भो ग्रुपको अत्याधुनिक प्रविाधिमा निर्मित ३ सय ३० हर्सपावर क्षमताको ‘आइसर प्रो ८०३१ एक्स एम’टिप्पर आइसर इण्डियाका सिनियर भाइस प्रेसिडेन्ट तथा इन्टरनेसनल बिजनेस हेड एसएस गिल र बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतासले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

नेपालमा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेकाले ठूलो क्षमताका टिप्पर सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

निर्माण व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कम्पनीले ८ देखि २५ टन क्षमताका टिप्परहरु प्रदर्शनी गरेको थियो।

प्रदर्शनमा राखिएका भल्भो ग्रुपको प्रविधिमा निर्मित टिप्परहरु इन्धन र मर्मत खर्चका हिसाबले किफायती रहेको बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले दाबी गरे।

पौडेलले अधिकांश टिप्परहरु कम्पनीमा निर्मित फुलबडीका साथ आउने भएकोले खरिद गर्नासाथै चलाउन सकिने खालका रहेको बताए।

कार्यक्रममा भल्भो आइसर कमर्सियल भेहिकलका नेपाल तथा बंगलादेशका कन्ट्री मेनेजर तरुण अरोरा र हेड रिटेल सर्भिस सुरेश कुमार गुप्ता उपस्थित थिए।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’