मनमोहन गोल्डकपको उपाधि मनाङको पोल्टामा

मनमोहन गोल्डकपको उपाधि मनाङको पोल्टामा
+
-

विराटनगर- मनाङ मर्स्याङ्दी क्लबले दुहबीमा सम्पन्न मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। यससँगै गत वर्षको उपाधि भिडन्तमा व्यहोरेको हारको बदला पनि मनाङले आर्मीसँग लिएको छ।

सुनसरीको दुहबीस्थित नेपाल टेलिकमको खेलमैदानमा शनिबार भएको उपाधि भिडन्तमा चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई एककाविरुद्ध दुई गोलले स्तब्ध बनाउँदै मनाङले उपाधि चुमेको हो। रोमाञ्चक बनेको खेलको १७ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

प्रतियोगितामा ३ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत नवयुग त्यसपछि मैदानमा गोलका लागि प्रयासमा जुटिरहे। अर्कोतर्फ रुपन्देही ११ लाई हराउँदै उपाधि होडमा पुगेको मनाङका लागि २८ औं मिनेट सुखद बन्यो। डीबक्स बाहिरबाट भली प्रहार गर्दैै गोल गर्न सफल विशाल राईले मनाङका लागि खेल बराबरीमा पुर्‍याए। आर्मीका गोलकिपर विकेश कुथुु विशालको सशक्त प्रहार बचाउ गर्न असफल भए।

पहिलो हाफमा समान एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफ थप रोमान्चक बन्यो। केही समयअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलबाट बिदा लिएका मनाङका कप्तान अनिल गुरुङले गोलका लागि केही राम्रो प्रयास गरे पनि सफलता पाउन सकेका थिएनन्। त्यसैगरी चोटबाट तंग्रिएका आर्मीका कप्तान भरतले पनि खेललाई आफ्नो पक्षमा ल्याउने असफल प्रयास गरेका थिए।

यसैक्रममा खेलको ६३ औं मिनेटमा मनाङको टोली आर्मीमाथि हाबी भयो। मध्यक्रमबाट बल अघि बढाएका कप्तान अनिलले डीबक्समा बल क्रस गरेका थिए। उक्त बललाई नियन्त्रणमा लिँदै सुजल श्रेष्ठले विमल रानालाई सहयोग गरेका थिए। आर्मीको डिफेन्स लाइनमा अनमार्क रहेका रानाले उक्त अवसरलाई खेर जान दिएनन्। विकास खवासलाई चिर्दै रानाले गरेको प्रहार गोल हुन पुगेको थियो। त्यसपछि गोलका लागि अन्तिम १० मिनेटको समय आर्मीले मनाङमाथि एकपछि अर्को आक्रमण गरिरह्यो। तथापि आर्मी हारबाट बाहिर निस्कन असफल रह्यो।

जितसँगै मनाङका खेलाडीले विभिन्न उपाधिमा कब्जा जमाए। उत्कृष्ट खेलाडी सुजल श्रेष्ठ, गोलकिपरमा दिपेश थापामगर, फरवार्डमा कप्तान अनिल गुरुङ र डिफेन्समा प्याट्रिक घोषित भए। आर्मीका कप्तान भरत खवासले भने उत्कृष्ट मध्यपंक्तिको उपाधि पाए। विगतभन्दा पुरस्कार राशी बढाएको प्रतियोगितामा आयोजक इलेभेन एरोज क्लबका पदाधिकारी दीपक राईले आठवटा टोली सहभागी रहेको प्रतियोगितामा विजेता टोली मनाङले ४ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पारेको जनाएका छन्।

यो पनि हेर्नुहोस्:

आर्मीलाई काँकरभिट्टा गोल्डकपको उपाधि

नेपाललाई उपाधि रक्षा गर्ने चुनौती

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’