आइएमईए जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा

आइएमईए जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा
+
-

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा राजधानीको खिचापोखरीमा सञ्‍चालनमा ल्याएको छ। मंसिर २९ देखि सञ्‍चालनमा ल्‍याएको कम्पनीको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई‌ले गरेका थिए।

कार्यक्रममा चापागाईले कम्पनीले छोटो समयमै आफ्नो शाखा स्थापित गर्न सफल भएकोले यसमा लगानीकर्ता, सञ्चालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीको योगदान रहेको बताए। बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान भन्‍दै बीमालाई बाध्यताको कारण नभई सम्पत्तिको सुरक्षाको लागि भएको उनको दाबी थियो। उनले चलअचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यवसाय विस्तार गर्न पनि आग्रह गरे।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए।

हाल कम्पनीले २३ शाखा, २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टर र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ। उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले चाँडै १० सेयर बराबर ८ सेयरका दरले हकप्रद सेयर प्रदान जारी यसै आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुर्‍याउने जानकारी गराउँदै अबको २ महिनाभित्र थप १६ शाखा तथा सम्पर्क कार्यालय खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावलाई सहज बीमा सेवा प्रदान गर्न सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्सालबाट ३ सय ६५ दिने बीमा सेवा सुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले हालसम्म ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको दाबी गरे।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयमार्फत ग्राहकलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउँदै उपस्थित सबैलाई आफ्नो सम्पत्तिको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध समेत गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’