प्लास्टिकको झोलामा नवजात शिशु को शव

+
-

नुवाकोट- विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ।

आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ।

स्थानीयले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याँक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याँकिएकाले मृत्यु भएको पाइएको छ। शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याँक्ने व्यक्तिको खोजी भइरहेको छ। (रासस)

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’