जर्मन प्रविधिद्वारा हलो ब्लक, टायल्स तथा ग्रिन ब्रिक उत्पादन सुरु

जर्मन प्रविधिद्वारा हलो ब्लक, टायल्स तथा ग्रिन ब्रिक उत्पादन सुरु
+
-

विर्तामोड– झापाको अर्जुनधारा नगरपालिकामा विल्डकन इण्डस्ट्रिज प्रालिले नेपालमै पहिलोपटक स्वचालित मेशीनद्वारा हलो ब्लक, ग्रिन ब्रिक र टायल्स उत्पादन सुरु भएको छ।

४० करोडभन्दा बढीको लगानीमा झापाका १० व्यवसायीले उक्त उद्योग सुरु गरेका हुन्।

अत्याधुनिक जर्मन प्रविधिको स्वचालित मेशिनद्वारा हलो ब्लक उत्पादन सुरु भएको छ। २०७२ सालमा दर्ता गरी परीक्षण उत्पादन सफल भई व्यवसायिक उत्पादन सुरु गरेको विल्डकन इण्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीले बताए।

नेपालमा पहिलो व्यवसाय भएकाले पनि हलो ब्लक प्रयोगकर्ता कम भएको उनले बताए। माटोको इँटाभन्दा उक्त उद्योगबाट उत्पादित हलोब्लक, टायल्स उच्च गुणस्तर, कम वजन, बलियो तथा सुरक्षित साथै जोडाइ तथा प्लास्टरमा सिमेन्टको कम खपत हुने उनले बताए। यसको प्रयोगले पैसा र समयको पनि वचत हुने गट्टानीले बताए।

गट्टानीले नेपाल सरकारको वातावरणलाई दूषित पार्ने खालका उद्योगहरुलाई विस्थापित गर्दै प्रदूषणरहित वैकल्पिक उद्योगको स्थापनाको योजना रहेको बताए। त्यसले गर्दा पनि यो उद्योग प्रभावकारी हुने उनले बताए। उनले ८ इन्चको होलोब्लकले १० वटा इँटाको काम गर्ने बताए। वालुवा गिटी, सिमेन्ट तथा विद्युतीय कारखानाबाट निस्कने फोहोरबाट यसको उत्पादन हुने उनको भनाइ छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’