ब्राजिलियन काकाले सन्याश लिए

ब्राजिलियन काकाले सन्याश लिए
+
-

रियो दि जेनेरियो-ब्राजिलयन स्टार खेलाडी काकाले खेलाडी जिवनबाट सन्याश लिएका छन्। इटालियन क्लब एसि मिलान र स्पेनिस क्लब रियल म्याड्रिडबाट समेत खेलेका काकाले सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।

ब्राजिलकै साओ पाउलोबाट ब्यावसायिक फुटबल खेल्न सुरु गरेका ३५ वर्षीय काका पछिल्लो समय मेजर लिग सोकर (एमएलएस) क्लबओर्लान्डोमा आबद्ध थिए। काकाले ओर्लान्डोकालागिआफ्नो अन्तिम खेल गत अक्टोबरमा खेलेका थिए। गतनोभेम्बरमा एसि मिलानले काकालाई क्लबनिर्देशकको भूमिकाका लागि प्रस्ताव गरेको थियो ।

काकाले विश्वकप, युरोपियन च्याम्पियन्स लिग र बेलोड डिअर तीनवटै हात पारेका छन् । यो सफलता चुम्‍ने विश्वमा आठ खेलाडी मात्र छन्। काकाले ब्राजिलका लागि ९२ खेल खेल्दै २९ गोल गरेकाथिए । उत्कृष्ट ड्रिबलिङ क्षमता , फिनिसिङ कला र प्लेमेकरका रुपमा उनको छबीले काका फुटबल इतिहासमा सम्झिइरहने पात्र हुन्।

काकाका लागि ब्यक्तिगत रुपमा सबैभन्दा सफल वर्ष सन् २००७ रह्यो । त्यस वर्ष उनले एसी मिलानका लागि युरोपियन च्याम्पियन्स लिग मात्र जितेनन्, ब्यक्तिगत रुपमा बेलोन डिअर अवार्ड पनि जितेका थिए । काका ६ वर्ष मिलानमा रहँदा उनले एक पटक सिरिए र अर्को पटक क्लब विश्वकपको पनि उपाधि जितेका थिए ।

सन् २००९ मा त्यतिबेलाको कीर्तिमानी मुल्यमा रियल म्याड्रिड प्रवेश गरेका काकाले त्यसपछि चार वर्ष त्यहाँ बिताए तर ब्यक्तिगत रुपमा उनले त्यहाँ प्रभाव देखाउन सकेनन् । त्यस बीचमा उनी चोटबाट पनि पिडित थिए । सन् २०१३ मा मिलानमै फर्किएर एक वर्ष उक्त क्लबका लागि खेलेका काका त्यस यता एमएलएस क्लब लागेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?