उच्चस्तरीय समितिले बुझायो नयाँ स्वास्थ्य नीति को मस्यौदा  

+
-
काठमाडौँ- स्वास्थ्यमन्त्री दीपक बोहोराले पछिल्लोपटक गठन गरेको उच्चस्तरीय समितिले नयाँ स्वास्थ्य नीति को मस्यौदा तयार पारेको छ।
समितिले तयार पारेको स्वास्थ्य नीतिको मस्यौदा बोहोरालाई सोमबार बुझाइएको हो। संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक सुनिश्चित गर्न नयाँ स्वास्थ्य नीतिको आवश्यकता परेको स्वास्थ्यमन्त्री बोहोराले बताए। मन्त्री बोहोरा नै अध्यक्ष रहेको समितिले संघीयतालाई सुहाउँदो नीति निर्माण गरेको र अव कार्यान्वयनको चरण महत्वपूर्ण रहेको उनको भनाइ छ।
नीतिले नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा संघीय संरचना अनुरुपको स्वास्थ्य सेवा प्रणालीको माध्यमबाट प्रदान गर्ने उद्देश्य राखेको छ। यस्तै आयुर्वेद र अन्य वैकल्पिक चिकित्सा पद्धतिहरुको विकास एवं प्रवर्धन गर्ने उद्देश्य पनि नीतिले राखेको छ।
संघीयता सुहाउँदो नीति निर्माणका लागि तीन वटा समिति बनिसकेका छन्। नीति परिमार्जनका लागि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बनाएको समितिलाई पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले भंग गर्दै नयाँ बनाएका थिए। त्यो समिति पनि स्वास्थ्य मन्त्री बोहोराले परिवर्तन गरेका थिए।
यो पनि हेर्नुहोस्:
नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’