नाकामा पहिलो पटक निर्वाचित सांसद पुगेपछि..

नाकामा पहिलो पटक निर्वाचित सांसद पुगेपछि..
+
-

दाङ-नेपाली भुमि हो तर, नेपाली हुनुको अनुभूति गर्न नागरिकताले मात्रै दिलाउछ। विकासको अनुभूति नाकावासीले गर्न पाएका छैनन्। सञ्‍चार प्रविधिको तीब्र विकास भए पनि यहाँका नागरिक एक कल फोन गर्न भारतको सिरसिया बजार पुग्‍नुपर्छ। आफन्तको हाल खबर बुझन पनि पाईदैन, हामी ढुङ्गे युगमा जस्तै अभावमा बाच्‍नु परेको छ´रामराजा सेनले भने, ‘नाकामा फोन चाहियो, स्वास्थ्य चौकि चाहियो, बाटो चाहियो ।’

मतदातालाई धन्यवाद दिन नाका आएका दाङ १(२) प्रदेशसभा सदस्य रेवतीरमण शर्माले मोबाइल प्रविधिको पहुँचलाई पहिलो प्राथमिकता दिने बताए। उनले भने , ‘मोबाइल नेटवर्कमा खराबीका कारण म आफै दुई दिन सम्पर्क बाहिर रह्नु पर्‍यो।’

कावाट फर्किए लगत्तै नेपाल टेलिकम र एनसेलका प्रमुख सङ्ग कुरा गरेर छिटो भन्दा छिटो टावर निर्माणको लागि पहल गर्नेमा उनको जोड थियो। उनले भने, ‘नेपाल टेलिकम र एनसेलको सिमले काम गर्दैन। टावर निर्माणको लागि पहल गर्छु।’

विजयी उम्मेदवार पहिलो पल्ट नाकामा

चुनाव जितेर धन्यवाद दिन आएका प्रदेश सदस्य रेवतिरमण शर्मा चुनाव जितेर नाका पुग्‍ने पहिलो नेता बनेको स्थानीयले बताए। ‘चुनाव जितेर यश अघिका उम्मेद्वार नाका आएनन् तर, रेवतीरमण शर्मा यसरि आउदा हामी खुसी भएका छौ।’ सेनले भने, अहिले जितेर आउनुभयो, पछि बिकास लिएर आउनुहोला।´

निर्वाचनमा उम्मेदवारहरु भोट माग्‍न नाका पसेका थिए। तर चुनाव जितेर भुलेको गुनासो गरेका थिए । रेवतिरमण शर्माले चुनाव जितेर यसपटक धन्यवाद दिन आएको पछि बजेट र कार्यक्रम लिएर आउने प्रतिबद्धता ब्यक्त गरे।

नाकाको समस्या नजिकवाट बुझेको छु, अब काम गरेर पहिले र अहिलेको बीचमा भिन्‍नता छुट्याउन सक्नेगरी काम हुन्छ´उनले भने, ‘अब आफ्नो गाउँ बनाउन आफै सकृय हुनुपर्छ, सरकारले बजेट पठाउछ।’ सोमबार भैसाही नाकामा स्थानिय वासिन्दाहरुले स्वागत सम्मान कार्यक्रमको आयोजना गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?