धनगढी विमानस्थलमा रात्रिकालीन उडान गर्न बाटो खुला

धनगढी विमानस्थलमा रात्रिकालीन उडान गर्न बाटो खुला
+
-

नागरिक उडड्यन प्राधिकरणले विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न अपुग सबै रकम पठाएपछि धनगढी विमानस्थलमा रात्रिकालीन उडान भर्ने उपकरण जडानको बाटो खुलेको छ।

रकम आएसँगै विमानस्थलको स्तरोन्नति गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेपछि रात्रिकालिन उडानका लागि आवश्यक उपकरण जडानका लागि बाटो खुलेको हो।

प्राधिकरणले दोस्रो किस्तामार्फत विमानस्थलको जग्गा अधिग्रहणका लागि थप ८ करोड ११ लाख रकम पठाएको धनगढी विमानस्थलका प्रमुख छविसिहं ठगुन्नाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा राममूर्ति सिंहले यसअघि १५ करोड रुपैयाँ रकम वितरण भइसकेको र थप आवश्यक रहेको ८ करोड ११ लाख ५ हजार रकम आएपछि अब सबै जग्गाधनीलाई मुआब्जा दिन रकम पुग्ने बताए।

जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रिकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दूरीसूचक यन्त्र डिएमई जडान गर्न सकिने छ। यसका साथै प्राधिकरणले रात्रिकालीन उडानका लागि एप्रोच लाइट पनि जडान गर्नेछ। प्राधिकरणसँग यसअघि नै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले धनगढी र झापाको चन्द्रगढीमा भीओआर डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरिसकेको छ।

प्राधिकरणले यसपालि धनगढी विमानस्थल स्तरोन्नतिका लागि १७ बिघा ३ कठ्ठा जग्गा अधिग्रहण गरेको हो। सबै जग्गा धनीले मुआब्जा रकम बुझ्न निवेदन दिइसकेका छन्।

विमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडान भएपछि दिउँसो सामान्य तुँवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाइट जडान भएसँगै रात्रिकालीन अवतरण र उडान भर्न सकिने छ। अहिले आँखाले ५ किलोमिटर दूरीसम्म देखिएपछि मात्रै जहाज अवतरण हुन्छ भने भिओर डिएमई जडान भए पनि १६ सय मिटरको भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने छ।

यो पनि हेर्नुहोस्:

‘विराटनगरबाट ढिलो उड्छ तर जहाज उड्छ’

काठमाडौँ-कुवेत सीधा उडान सुरु

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?