वाम गठबन्धनले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न र प्रदेश प्रमुख नियुक्त नगर्न आग्रह गरिरहेको बेला त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अनुराधा कोइरालालगायत केहीलाई प्रदेश प्रमुख बनाउने तयारी गरेका छन्।
गत बिहीबारकै क्याबिनेट बैठकबाट प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्री देउवाले गरे पनि त्यो तत्कालका लागि स्थगन भएको थियो। तर, प्रधानमन्त्री निकट स्राेतका अनुसार अागामी बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।
‘अनुराधा कोइरालाजस्ता स्वतन्त्र पृष्ठभूमि भएका व्यक्ति प्रदेश प्रमुखमा नियुक्त हुने सम्भावना छ’, देशसञ्चारसँगको टेलिफोन संवादमा स्रोतले भन्यो।
वाम गठबन्धनले आइतबारमात्रै संयुक्त प्रेस सम्मेलनबाट सरकार कामचलाउ भएको र उसले कुनै पनि नियुक्ति गर्न नमिल्ने धारणा राखेको छ। प्रधानमन्त्री निकटहरु भने वामपन्थी गठबन्धनले सडकबाट सत्ता चलाउने स्वेच्छाचारी अभ्यास गर्न खोजेको दाबी गरेको छ। ‘राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा बन्दैन, प्रतिनिधिसभा नभई सरकार बन्दैन, के त्यतिबेला सम्म प्रदेश सभा नै नडाक्ने ?’ एक प्रधानमन्त्री निकटले भने।
संविधानविद् डा. विपिन अधिकारीले भने वर्तमान सरकारसँग प्रदेश प्रमुख गर्ने नियुक्ति भए पनि निर्वाचनबाट वाम गठबन्धनले बहुमत साबित गरिसकेकाले उसको सहमति लिँदा राम्रो हुने बताए। ‘बाम गठबन्धनको समर्थन लिएर नियुक्ति गर्दा हुन्छ’, अधिकारीले भने, ‘आफ्नो राजनीतिक कार्यक्रमको हिसाबले नियुक्ति नगरेकै राम्रो हुन्छ ।’
यो पनि हेर्नुहोस्:

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































