गुजरात र हिमाँचलमा भाजपा आयो

+
-

नयाँ दिल्ली- भारतीय राज्य गुजरात र हिमाँचल दुवै राज्यका विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ। ती दुवै राज्यमा सोमबार मत गणना गरिएको थियो।

गुजरात विधानसभामा १८२ सिट र हिमाचलमा ६८ सिटको परिणाम सार्वजनिक भइसकेको छ। ती दुवै राज्यमा भाजपाले स्पष्ट बहुमत हासिल गरिसकेको छ। घोषित परिणाममा गुजरातमा भाजपाले ९७ सिट हासिल गरिसकेको छ र ४ सिटमा अग्र स्थानमा छ। कांग्रेसको ७५ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रस्थानमा छ।

यसैगरी हिमाँचलमा भाजपाले ३२ सिट जितेको छ भने १२ सिटमा अग्रस्थानमा छ। कांग्रेसले १७ सिट जितेको छ भने ४ सिटमा अगाडि छ।

गुजरातमा विगत २२ वर्षदेखि भाजपा सत्तारुढ छ। हिमाँचलमा भाजपाले कांग्रेसबाट सत्ता खोसेको छ।

हिमाँचलमा भाजपाका पार्टी प्रदेश एकाइ अध्यक्ष र मुख्यमन्त्री पदका उम्मेदवार प्रेमकुमार धूमल दुवै पराजित भएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमा उल्लेख गरे, ‘म मतदाता (गुजरात एवं हिमाचल प्रदेश)लाई राज्यको विकास यात्रामा अघि बढाउन र जनताको सेवा गर्न कुनै कसर बाँकी राख्नेछैन।’ उनले विकासको जित भएको बताए।

कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो दलको हार स्वीकार गरेका छन्। उनले भने, ‘कांग्रेस जनादेशलाई स्वीकार गर्छ र नयाँ सरकारलाई बधाई दिन्छ।’

पाटेलका नेता हार्दिक पटेलले गुजरातका जनता जागरुक बनेको र अझै जागरुक बन्नुपर्नेमा जोड दि । उनले सुरत र राजकोटमा इभीएममा बदमासी गरिएको बताए। आफूले सम्बोधन गरेको सुरतको आमसभामा विशाल भीड आएको तर मत कम आएको बताउँदै इभीएम मेसिनमा बदमासी गरिएको आरोप उनले लगाए। एटीएम ह्याक हुन्छ भने इभीएम किन हुन सक्दैन भन्दै उनले प्रश्न गरे। उनले पाटिदारका लागि आरक्षण र किसानका मुद्दा लिएर तत्काल आन्दोलन शुरु गर्ने पनि चेतावनी दिए।

चुनावको नतिजालगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्‍यनाथले यो भाजपाका लागि शुभ संकेत भएको बताए। कांग्रेस नेता शशि थरुरले गुजरातमा कांग्रेस विजयी नभए पनि सफलता मिलेको दाबी गरे। (एजेन्सी)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?