पिएफए र न्यू बुद्ध सेमिफाइनलमा

पिएफए र न्यू बुद्ध सेमिफाइनलमा
+
-

धनगढी- पिएफए अत्तरिया र न्यू बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी फारवेस्ट पशुपति कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

धनगढी रंगशालामा सोमबार भएका क्वार्टरफाइनल खेलमा जित हात पार्दै अत्तरिया र फूलबारी अन्तिम चारमा पुगेका हुन्। पिएफए अत्तरियाले आयोजक फारवेस्ट पशुपति युवा क्लव बीलाई ४—० ले हराएको हो।

मणिराम चौधरीको ह्याट्रिकमा पिएफएले सहज जित दर्ता गरेको हो। मणिरामले पहिलो हाफको १३ र ३५ तथा दोस्रो हाफको ६९ औं मिनेटमा गोल गरे। पहिलो हाफको १७ मिनेटमा विशाल राईले एक गोल गरेका थिए। ह्याट्रिक गरेका मणिराम चौधरी म्यान अफ द म्याच भए।

धनगढी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा न्यू बुद्ध युवा क्लब फुलबारीले फारवेस्ट अत्तरिया स्पोर्ट्स एकेडेमीलाई टाई ब्रेकरमा ५—४ ले हरायो। निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा फूलबारी सफल भएको हो।

फूलबारीका गोलरक्षक सरोज कठरियाले अत्तरियाका लोक मगरको प्रहार रोक्दै आफ्नो टीमलाई सेमिफाइनलमा पुर्‍याए। टीमलाई जिताउने सरोज कठरीया म्यान अफ द म्याच भए। झन्डै ५ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुईवटा खेल हुनेछन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?