काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले २७ लाख ४५ हजार रुपैयाँ ठगी गरी फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।
ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र रु दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई सोमबार बाँसबारीबाट पक्राउ गरेको हो।
पाण्डेले वेलकम इन्टरनेसनल एजुकेसन फाउण्डेसन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए।
पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ। (रासस)
यो पनि हेर्नुहोस्:
फेसबुकबाट साथी बनेर बिहे, २१ लाख ठगी

भर्खरै
लोकप्रिय






































































































































































































