चिसो बढेसँगै विद्यार्थीको उपस्थिति न्यून

चिसो बढेसँगै विद्यार्थीको उपस्थिति न्यून
+
-

गाईघाट-अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थी को उपस्थिति न्यून हुनथालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन्।

अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए।

यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १०% पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताए।

विगतका वर्षको तुलनामा यस पटक छिटै (पुस महिना शुरु भएसँगै) चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेको त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

चिसोको कारण नानीहरु स्कुलनै जान छाडेपछि दिनको १२ बजे घाम नलागेसम्म बच्चाहरू घरभित्रै बस्न थालेको पनि उहाँ उल्लेख गर्नुहुन्छ । गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढ्े पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउछन्।

यो पनि हेर्नुहोस्:

चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाऔं

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

शीतलहरबाट कलैयाको जनजीवन प्रभावित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?