पाकिस्तानद्वारा परमाणु युद्धको आशंका

पाकिस्तानद्वारा परमाणु युद्धको आशंका
+
-

इस्लामाबाद- पाकिस्तानले सोमबार परमाणु युद्धको आशंका प्रकट गरेको छ। कश्मीर मुद्दामा अमेरिकाले भारतको पक्षमा समर्थन गरेपछि पाकिस्तानले यस्तो आशंका प्रकट गरेको हो।

दक्षिण एसियामा निकै संवेदनशील रहेको कश्मीर मुद्दामा अमेरिका सहभागी हुनु उचित नभएको उसको भनाइ थियो।

पाकिस्तानका एक शीर्षस्थ सुरक्षा अधिकारीले दक्षिण एसियाको स्थिरता नाजुक अवस्थामा अमेरिकी भनाइले भारत–पाकिस्तानका बीच परमाणु युद्धको सम्भावना बढाएको दाबी गरे।

पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल नसीर खान जन्जुआले राष्ट्रिय सुरक्षा विषयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यसका लागि भारतले निकै घातक हतियार जम्मा गरिरहेको दाबी गरे।

यसैकारण भारतले बारबार पाकिस्तानमाथि युद्ध गर्ने धम्की दिने गरेको उनको भनाइ छ। यस्तो स्थितिमा हालै विकसित गतिविधिले परमाणु युद्धको सम्भावना रहेको उनले दाबी गरे ।

सुरक्षा सल्लाहकार जन्जुआले पाकिस्तानले अमेरिकासँग गठबन्धन गरेदेखि निरन्तर आतंकवादसँग लडिरहेको जानकारी दिए।

आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले ठूलो मूल्य चुकाएको पनि स्पष्ट पारे। पाकिस्तानको यो क्षतिलाई विश्वले स्वीकार पनि नगरेको उनको दाबी थियो।

यसको प्रशंसा गर्नुको साटो उल्टै हक्कानी सञ्जाल र तालिबानसँग सम्बन्ध राखेको भन्दै पाकिस्तानको आलोचना हुने गरेको उनको भनाइ थियो।

अफगानिस्तानमा तालिबानलाई हराउन नसकेपछि अमेरिकाले पाकिस्तानमाथि यस्तो आरोप लगाएर कमजोरी लुकाउन खोजेको उनले बताए।

आफ्नो सहयोगी पाकिस्तानलाई बेवास्ता गरेर भारतलाई प्राथमितकता दिनु गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरे । चीन र पाकिस्तानबीच भइरहेको आर्थिक करिडोरको कामको विरोध गरेर अमेरिकाले भारतको साथ दिएको उनको कथन छ।

यो पनि हेर्नुहोस्:

अमेरिकी विश्‍व नेतृत्वलाई चीनियाँ चुनौती

पाकिस्तानको चर्चमा विस्फोट, चार को मृत्यु, २४ घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?