शीतलहरबाट कलैयाको जनजीवन प्रभावित

शीतलहरबाट कलैयाको जनजीवन प्रभावित
+
-

कलैया- यही मंसिर २९ गतेदेखि शुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ।

बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले जिल्लाको सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि प्रभावित भई चहलपहलमा कमी आएको छ ।

कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको उपस्थिति कमी हुनाका साथै विद्यालयमा छात्रछात्राको उपस्थितिमा पनि कमी आएको छ ।

निरन्तर चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियामा बिरामीको संख्या बढेको कुरा पनि अस्पतालबाट थाहा भएको छ । बाक्लो हुस्सुले गर्दा सिमरा विमानस्थलमा पुस १ र २ गते विमान अवतरण हुन नसकेको बताइएको छ ।

शीतलहरले गर्दा बालबालिका, वृद्धवृद्धालाई समेत ठूलो समस्या परेको र जोगाउन कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सोमबार कलैयास्थित अमृता अनाथाश्रमका बालबालिकालाई न्यानो कपडासमेत वितरण गर्नुभएको थियो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाराले शीतलहर प्रभाव कम गर्न र यसबाट बच्न जिल्लावासीमा सूचना प्रवाह गरी अनुरोधसमेत गरेको जनाएको छ ।

यो पनि हेर्नुहोस्:

यो पनि हेर्नुहोस्:

चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाऔं

चिसोले छेकेन बृद्धबृद्धालाई भोट हाल्न

चिसो बढेसँगै विद्यार्थी को उपस्थिति न्यून

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?