काठमाडौंद्वारा एक सय १९ रनको लक्ष्य प्रस्तुत

काठमाडौंद्वारा एक सय १९ रनको लक्ष्य प्रस्तुत
+
-

काठमाडौं-एभरेस्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भईरहेको दोस्रो खेलमा काठमाडौं किंग्स इलेभेनले भैरहवा ग्लाडियर्टसलाई एक सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन जोड्यो।

काठमाडौंका अमित श्रेष्ठले २९, सागर कुमारले २८, राजु रिजालले २२ र सागर पुनले १५ रन बनाए ।

बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले, शरद भेषावकरले दुई तथा आरिफ शेख र पुनित मेहराले एक एक विकेट हात पारे ।

यो भैरहवाको पहिलो खेल हो । आफ्नो पहिलो खेलमा काठमाडौं पराजित भएको थियो।

बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई तीन विकेटले हराएर लगातार दोस्रो जित हात पार्‍यो ।

पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन जोडेको थियो । विराटनगरले १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

विराटनगरको पालीमा प्रारम्भिक ब्याट्सम्यान अंशुमान रठले ६० रनले जोड्यो । बाबर हायातले २२ र कप्तान पारसले ११ रन बनाए । रठले ६१ बलमा दुई छक्का र ६ चौका प्रहार गरे ।

त्यसअघि पोखराको पालीमा राजेश पुलामी मगरले ३०, इस्रारुल्लाहले २१, सुनिल धमलाले १८ र ताज वालीले १८ रन बनाए ।

सौरभ खनाल १६ रनमा आउट भए । पारसले चार ओभरमा २८ रन खर्चिएर तीन विकेट लिएका थिए ।

विराटनगरका रठ प्लेयर अफ दी म्याच घोषित भए । विराटनगर दुई खेलबाट चार अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

यो पनि हेर्नुहोस्:

पारसको टीम विराटनगर वारियर्स विजयी

विराटनगर वारियर्सलाई मेडिसिटीको प्रशिक्षण

कीर्तिपुर मैदानमा पाकिस्तानी खेलाडीको कमाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?