ग्‍यास उद्योगमा लागेको आगो बल्ल नियन्त्रणमा

ग्‍यास उद्योगमा लागेको आगो बल्ल नियन्त्रणमा
+
-

काठमाडौं- वीरगञ्जस्थित सुपर ग्‍यास उद्योगमा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। बिहानदेखि सुरु भएको आगो कम हुँदै गएपछि आफैँ आगलागी नियन्त्रणमा आएको संघीय प्रहरी इकाइ नारायणीका एसएसपी सूर्य उपाध्‍यायले जानकारी दिए।

उनका अनुसार आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सेना र स्थानीयबासीले सघाएका थिए। यसअघि आगलागी ६ घन्टा बित्दासमेत नियन्त्रणमा आउन सकेको थिएन।

यस्तै एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नियन्त्रण आएको जानकारी दिए।

उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए।

चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनको भनाइ छ।

‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहासमा उद्योगभित्र पहिलोपटक आगलागी भएको छु,’ उनको भनाइ थियो। सो आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन।

उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए।

बुधबार बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन्।

यो पनि हेर्नुहोस्:

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

ग्यास आगलागीका दुई घाइतेको ताजा तस्बिर

सख्त घाइते सञ्जीवलाई कीर्तिपुर रिफर गरियो

वीरगन्जको मुस्लो झन् झन् बढ्दैछ, अझै नियन्त्रणबाहिर

ग्यास आगलागीका दुई घाइते वीरमा, एक गम्भीर

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?