मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ

मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ
+
-

धनगढी- प्रदेश ७ को मुख्यमन्त्रीको दौडमा भनेर चर्चामा रहेका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेशसभाका सांसद तारा लामा तामाङले पार्टीले आफ्नो पक्षमा फैसला गर्नेमा अत्यन्त ढुक्क रहेको बताएका छन्।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले प्रदेश ७ को मुख्यमन्त्रीका लागि आफूलाई फैसला गरे कुशलतापूर्वक जिम्मेवारी पूरा गर्ने बताए।

तामाङले आफैँले मुख्यमन्त्री हुन्छु भन्दा पनि पार्टीले दिएको खण्डमा जुनसुकै जिम्मेवारी पनि पूरा गर्ने बताए।

उनले मुख्यमन्त्री बनाउनकै लागि पार्टीले आफूलाई प्रदेश सभामा चुनाव लडाएको बताए।

‘पार्टीले पहिले प्रतिनिधि सभामा उठ्न भनेको थियो पछि प्रदेशमा चुनाव लडाइयो, केही जिम्मेवारी दिनकै लागि मलाई प्रदेशमा पठाइएको होला भन्ने मैले बुझेको छु,’ नेता तामाङले भने।

एमालेबाट प्रदेश ७ को मुख्यमन्त्रीका लागि तामाङसहित कौलालीका दृघ सोडारीको नाम पनि चर्चामा छ।

 

यो पनि हेर्नुहोस्:

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको पनि दाबी

प्रदेश ४ को मुख्यमन्त्री मा दुई एमाले नेताको चर्चा

हिमागृहको विकल्प खोज्दै प्रशासन, ‘मुख्यमन्त्रीलाई राजा नबनाऊ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?