काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन पनि दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १२.३२ अंकले घटेर १४७२.१५ अंकमा पुगेको हो।एक सातामै नेप्से परिसूचकमा करिब ४७ अंकको गिरावट आएको छ।
लगानीकर्ताहरुले ब्याजदर नघट्दासम्म बजार बढ्न नसक्ने भन्दै आएका छन्।
नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। दिनभरिमा १ सय ५३ कम्पनीको ४७ करोड ५८ लाख रुपियाँ बराबरको सेयर खरिद बिक्री भयो।
बिहीबार कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक घट्न थालेको थियो।
समग्र बजार परिसूचकका दोहोरो अंकको गिरावट आउँदा पनि २६ कम्पनीका लगानीकर्ता नाफामा रहे। सबैभन्दा बढी महुली सामुदायिक लघुवित्त संस्थाको मुल्य ६.०४ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी घट्ने कम्पनीको अग्रस्थानमा विजय लघुवित्त संस्था रह्यो। विजयको मूल्य ५.६९ प्रतिशतले घटेको हो।
मंगलबार र बुधबार कारोबार रकमका आधारमा अग्र स्थानमा रहेको नेपाल टेलिकम बिहीबार दोस्रो स्थानमा रह्यो। बिहीबार स्ट्यान्डर्ड चाटर्डको सबैभन्दा बढी रकमको कारोबार भएको छ। स्ट्यान्डर्डको करिब चार करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
घटेको बजारमा उत्पादनमूलक बाहेकका उपसूचक ओरालो लागेका छन्। उत्पादनमूलक उपसुचक १४.९४ अंकले वृद्धि भएको हो।
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































