नेपालीबाट लुटिएको साढे तीन लाख रकम एसएसबीद्वारा गायब

+
-

धनगढी- नेपाल भारत सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मी एसएसबी ले नेपालीमाथि ज्यादती र लुटपाट झनै बढाएका छन्।

नेपाल–भारतको चन्दनचौकी नाकाबाट घर फर्किरहेका हसनपुरका बीरबहादुर चौधरीसहितका तीन युवकको ६ लाख ३३ हजार भारतीय रकम एसएसबीले लुटेका छन्।

झोला चेक गर्ने क्रममा चौधरीको झोलामा उक्त रकम भेटिएपछि एसएसबीले पूरै रकम लगेको हो। स्थानीय र आफन्तले त्यसको विरोध गर्दै चन्दनचौकीको एसएसबी क्याम्पमा गएपछि एसएसबीले दुई लाख ८२ हजार रकम भने फिर्ता गरेको छ।

चाैधरीका अनुसार एसएसबीले आफूबाट लुटेको रकममध्ये २ लाख ८२ हजार मात्रै भारतीय प्रहरीलाई सिज गर्न बुझाएको र बाँकी तीन लाख ५२ हजार रकम फिर्ता गरेको छैन।

यद्यपी जिल्ला प्रहरी कार्यालय कैलालीले यसबारे नेपाल प्रहरीमा कुनै उजुरी नआएको जानकारी दिएको छ। कैलालीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले यसबारे प्रहरीलाई कुनै जानकारी नआएको बताउनुभयो।

तीन दिनअघि भारतबाट चीनी ल्याइरहेकी नेपाली महिलालाई गौरीफन्टा नाकामै एसएसबीका जवानले लात्तैलात्ताले कुटेका थिए।

सीमा क्षेत्रमा पछिल्लो समय एसएसबीको ब्यवहार नराम्रो हुँदै आएको सीमा क्षेत्रमा आवागमन गर्ने नेपालीले गुनासो गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?