बालविवाहविरुद्ध रेखा थापा

बालविवाहविरुद्ध रेखा थापा
+
-

बाँके – सिनेजगतकी चर्चित नायिका रेखा थापा बालविवाह विरुद्धको महाअभियानमा निस्किएकी छन्। जाजरकोटका नरबहादुर कार्कीलगायतले थालेको छोरीको निम्ति स्वर्णिम नेपाल, महाअभियानअन्तर्गत ‘बालविवाह अन्त्य र साझा संकल्प’का लागि नायिका थापा नेपालगञ्ज आएकी हुन्।

नेपालगञ्जमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को संयोजनमा भएको साझा संकल्पमा नायिका थापाले बालविवाहविरुद्धको महाअभियानमा जोडिन पाएकोमा गर्व लागेको बताए। ‘बालविवाहले कस्तो असर पार्छ भन्ने मैले भोगेको छु,’ नायिका थापाले भन्नुभयो, ‘अब यो महाअभियानमा बालविवाह अन्त्य नहुँदासम्म जोडिरहन्छु।’

अभियन्ता नरबहादुर कार्कीले नेपाल छोरी भएर जन्मिने अनुकूल देश नभएको बताए। उनले आर्थिक लाभ बिना महाअभियानमा जुटिरहेको बताए।

नेपालमा अहिले ३७ प्रतिशत छोरीको विवाह १८ वर्षभन्दा पहिले नै हुने गर्छ। १० प्रतिशत छोरीहरुको विवाह १५ वर्ष पहिले हुन्छ। नेपालको कानूनले २० वर्ष भन्दा मुनिको उमेरमा विवाह गर्न बन्देज गरेको छ ।

बाँकेमा पनि बालविवाह अधिक छ । पहाडी समुदायका छोरीहरु सामाजिक सञ्जालमार्फत जोडिएर विवाह गर्ने, मधेसी समुदायका बालिकाहरुको संस्कारका नाममा चाँडै विवाह गराइदिने चलन छ। संस्कारका कारण पनि बालविवाह बढिरहेको छ। बालविवाह विरुद्ध काम गरिरहेको बीग्रुपका गोपालनाथ योगीले बालविवाहविरुद्ध स्रोत साधन खर्च भएपनि घट्न नसकेको बताए। ‘अब संघ संस्था र व्यक्तिले गरेर केही हुँदैन, यो रोक्नका लागि सबैजना साझा संकल्प बनाएर अघि बढ्नुपर्छ,’ योगीले भने।

लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन रिजालले आफ्नो क्षेत्रमा बालविवाह विरुद्धका लागि कार्यक्रमहरु अघि बढाउने जानकारी दिए। ‘हतारमा विवाह गरेर फुर्सदमा पछुताउने धेरै छन्,’ लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का पूर्वगभर्नर सेम शाक्यले भन्नुभयो, ‘हामी सबै मिलेर बालविवाह रोक्नु पर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?