कातालोनियामा स्वतन्त्र पक्षधरको बहुमत

+
-

बार्सिलोना- कातालोनियाको मध्यावधि निर्वाचनमा स्वतन्त्रता पक्षधर पार्टीले बहुमत हासिल गरेको छ। बिहीबार कातालोनियामा स्पेनको केन्द्र सरकारले चुनाव गराएको थियो।

उक्त मत परिणामसँगै स्पेन सरकारलाई नराम्रो धक्का लागेको छ। अब कातालोनियामा संकट अझै चुलिने भएको छ। सिउतादान्स (सिटीजन्स) सबैभन्दा ठूलो दल बनेको छ। ऊ आंशिक स्वायत्ततासहितको कातालोनियाको पक्षमा छ। उसले २५ प्रतिशत मत पाएको छ।

१ सय ३५ सदस्य रहेको त्यहाँको संसदमा उसले ३७ सिट जितेको छ। सरकार कसले बनाउने भन्ने अझै स्पष्ट भएको छैन। यसअघि कातालोनियामा अक्टोबरमा भएको जनमतसंग्रहमा स्वतन्त्रता पक्षधरको बहुमत आएको थियो। स्वतन्त्रता पक्षधरको जित भएपछि स्पेन सरकारले उक्त जनमतसंग्रहलाई अवैध घोषणा गरेको थियो। उनीहरूले बनाएको सरकारलाई स्पेनले हस्तक्षेप गरी बर्खास्त गरेको थियो। स्वतन्त्र कातालोनिया पक्षधर ‘टुगेदर फर कातालोनिया’, ‘रिपब्लिकन लेफ्ट अफ कातालोनिया’ र ‘पपुलर युनिटी’ले ७० सिट जितेका छन्।

उनीहरूको संख्या जोड्दा बहुमत पुग्छ। स्पेनका प्रधानमन्त्री मारियानो राखोईले सिउतादान्सले बहुमत हासिल गर्ने बताउँदै आएका थिए। उनको दल पपुलर पार्टीले हालसम्मकै सर्मनाक मत ल्याएको हो।

स्वतन्त्र पक्षधर कातालोनियाका अपदस्त राष्ट्रपति कार्ल्स पुइडेमोन्तले भने, ‘स्पेनको हार भएको छ, ‘कातालान रिपब्लिकन’ले चुनाव जितेको छ। राखोई र उनको गठबन्धन जनताद्वारा अस्वीकृत भएको छ।’ हाल उनी बेल्जियमको राजधानी ब्रसेल्समा निर्वासित जीवन बिताइरहेका छन्।

यो पनि हेर्नुहोस्:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?