भाइ क्यास्ट्रोले पनि पद त्याग्ने

भाइ क्यास्ट्रोले पनि पद त्याग्ने
+
-

हवाना- क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले सन् २०१८ को १९ अप्रिलदेखि पद त्याग्ने घोषणा बिहीबार गरेका छन्।

दाजु फिडेल क्यास्ट्रोले पद त्याग गरेपछि ८६ वर्षीय राउल राष्ट्रपति बनेका थिए।

सन् २००६ देखि उनले क्युबाको राष्ट्रपति जिम्मेवारी सम्हाल्दै आएका थिए।

आधिकारिक रूपमा भने राउल सन् २००८ मा मात्र राष्ट्रपति बनेका थिए।

स्वास्थ्य समस्याका कारण फिडेल क्यास्त्रोले पद छोडेका थिए।

फिडेलको मृत्यु ९० वर्षको उमेरमा सन् २०१६ को नोभेम्बरमा भएको थियो।

बिहीबार क्युबाको संसद इरमा आँधीबाट देशमा नोक्सान पुगेको बताउँदै राउलको कार्यकाल अप्रिलसम्म पुर्‍याइएको छ।

राउलले भने, ‘राष्ट्र र सरकार प्रमुखका रूपमा रहेको मैले आगामी अप्रिलमा पदत्याग गर्नेछु। देशले नयाँ राष्ट्रपति पाउनेछ।’

राउल सन् २०१३ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए। त्यतिखेरै उनले यो कार्यकाल नै अन्तिम हुने घोषणा गरेका थिए।

क्युबामा कम्युनिस्ट शासन कायम भएपछि ६० वर्षदेखि क्यास्ट्रो दाजुभाइ फिडेल र राउलले नै सत्ता सञ्चालन गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?