किन घट्यो सेयर बजार?

किन घट्यो सेयर बजार?
+
-

काठमाडौं- बाम गठबन्धनको स्थिर सरकार बन्ने सम्भावनाले पनि सेयर बजारको गिरावट रोक्न सकेको छैन।

नेप्से परिसूचक एक सातामै करिब ४८ अंकले घटेर १४७२.१५ अंकमा पुगेको छ।

बजार निरन्तर ओरालो लाग्न थालेपछि लगानीकर्ता संघ र सेयर ब्रोकरहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटी पुँजी बजारका बिषयमा सम्बोधन गर्न आग्रह गरेका थिए।

जवाफमा ओलीले बाम गठबन्धनको बिषयमा नकारात्मक प्रचार गर्दै बजार घटाउने खेल भइरहेको भन्दै आफ्नो सरकार बनेपछि पुँजी बजारमा नीतिगत सुधार गर्ने आश्वासन दिएका थिए।

पोर्टपोलियो व्यवस्थापनको काम गर्दै आएका मर्चेन्ट बैंकरहरुबजार घटिरहेको अवस्था सामान्य भएको बताउँछन्। एक मर्चेन्ट बैंकरले भने, ‘बजारमा सेयरको सप्लाई बढेको अनुपातमा लगानीकर्ताको संख्या बढ्न सकेको छैन जसले गर्दा अहिलेको बजारको अवस्था सामान्य हो।’

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंसिर महिनामा मात्रै १ करोड ५५ लाख कित्ता बोनस सेयर र १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।

अर्का मर्चेन्ट बैंकर भन्छन्, ‘अर्थतन्त्रमा एक वर्षमा धेरै सुधार भएको देखिँदैन, त्यसैगरी बजार पनि एक वर्षदेखि करिब एउटै अंकमा छ यस्तो अवस्थामा लगानीकर्ता निरास हुने कारण नै छैन।’

उनले प्रश्न गरे, ‘के बजारको नेचर बढ्ने मात्रै हो त!’

उनले सकारात्मक राजनीतिक अवस्था हुँदा पनि बजार ओरालो लागिरहेको भन्दै अहिले बजार अर्थतन्त्रको वास्तविक अवस्था अनुसार रहेको बताए।

ब्रोकरहरुका अनुसार बजारमा सेयर किन्ने भन्दा पनि बेच्नेको संख्या बढी छ। केही लगानीकर्ता ब्याजको प्रेसर छ भन्दै सेयर बेच्न थालेको उनले बताए।

निरन्तर बजार ओरालो लाग्न थालेपछि कारोबार रकममा पनि गिरावट आउन थालेको छ। यस साता २ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  कारोबार रकममा गत साता भन्दा ११.९२ प्रतिशतले  गिरावट आएको छ।  गत साता २ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस साता सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनीमा नेपाल टेलिकम रह्यो। टेलिकमको २० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल ब्याजदर वृद्धिकै कारण बजार बढ्न नसकेको बताउँछन्। उनी दीर्घकालीन बजार वृद्धिकालागि आर्थिक क्रियाकलापहरु बढ्नुपर्ने बताउँछन्।

बैंकहरुले १० प्रतिशत ब्याजदरमा निक्षेप सङ्कलन गर्न थालेपछि  बजारमा तरलता अभाव भएको अड्कल गर्न थालिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल तरलताको अभाव भएको मान्दैनन्। गत  बुधबार राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा ४५ अर्ब तरलता रहेको पौडेल बताउँछन्।

गत बर्ष पनि मंसिरदेखि तरलता अभाव सुरु भएको थियो। राष्ट्र बैंकका प्रवक्ता पौडेल १० प्रतिशतमा निक्षेप सङ्कलन गर्न पनि आएका बिज्ञापनलाई बैंकले नोटिस गरेको भन्दै एक दुई दिन बजारको अवस्था हेर्दै बैंकले निर्णय गर्ने बताउँछन्।

मर्चेन्ट बैंकर, ब्याजदर समस्या समाधान भए पनि दीर्घकालीन रुपमा बजार बढ्न पुँजी बजारमा नयाँ लगानीकर्ता आउनुपर्ने बताउँछन्।  उनी सेयरको सप्लाइ बढेको अनुपातमा लगानीकर्ताको वृद्धि नहुँदासम्म बजार स्थिर विकास हुन् नसक्ने बताउँछन्।

यो पनि हेर्नुहोस्:

सेयर बजारको गिरावट रोकिएन

‘स्थिर सरकार’को मुखमा सेयर बजार ओरालो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?