
एजेन्सी-फिलिपिन्सको दक्षिणी भेगमा आँधीले कम्तिमा सय जनाको ज्यान गएको छ।
आँधीपछि आएको बाढी र पहिरोमा परी दरेजनौ मानिसहरु हराइरहेको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ। उक्त आधीले टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् भने कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन्।
यस्तै पश्चिमतर्फ थप अगाडि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आएको टुबोडका एकजना प्रहरीले जनाएको छ। उनका अनुसार उक्त शहरमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
उनले भनेका छन्, ‘नदीमा पानीको बहाब र अधिकांश घरहरु बगाएर लग्यो। त्यहाँ अहिले गाउँ नै छैन।’ एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो।