सन्तनेता भट्टराई समयको दर्शक,साक्षी र महारथी- ओली

सन्तनेता भट्टराई समयको दर्शक,साक्षी र महारथी- ओली
+
-

काठमाडौं- नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले सन्त नेता कृष्णप्रसाद भट्टराई समयको दर्शक, साक्षी भएर महारथीको भूमिका निर्वाह गरेको बताएका छन्। ललितपुरस्थित बाँडेगाउँमा आयोजित सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४ औ जन्‍मोत्सवमा बोल्‍दै उनले भने, ‘सन्त नेता कृष्णप्रसाद भट्टराईजी समयको दर्शक, साक्षी भएर महारथीको भूमिका निर्वाह गर्नुभयो। त्‍यो बेलाको समयलाई यथार्थमा प्रतिनिधित्व गर्नुभयो।’

अध्यक्ष ओलीले सन्त नेता भट्टराई राणा शासनको कालो युगलाई उज्‍यालोमा बदल्‍ने एउटा समयको सहयात्री भएको बताए। उनले भने, ‘समय, परिस्थितिलाई साक्षी मानेर किसुनजीले त्‍यो बेलाको समाजमा चेतनाको उज्‍यालो घाम छर्नुभयो। यो कैयौ गुणा ठूलो उपलब्धी हो।’

सन्त नेताले समाजमा चेतनाको स्तरलाई वृद्धि गरेर सूत्रपात गरेर स्थायित्व गराउने काम गरेको भन्दै पूर्खाको सम्पत्तिलाई संरक्षण गर्ने हाम्रो दायित्व हुनु पर्ने बताए। उनले भने, ‘कृष्णप्रसादजी, गणेशमानजी लगायत नेताको समय कालरात्री थियो। त्यसलाई बदलेर स्वतन्त्रताको युगलाई सुरुवात गर्नुभयो।’

यस्तै उनले अब अप्ठ्‍यारा र प्रतिकूलताकाबीचमा समेत देश परिवर्तन गर्ने चेतनाको खाँचो भएको बताए। उनले भने, ‘हामी जस्तोसुकै अप्ठ्यारा र परिस्थितिमा पनि देश बदल्‍ने र परिवर्तन गर्नेमा एकजुट हुनु पर्छ। सकारात्मक विकास र परिवर्तन आफ्‍नै आँखाका अगाडि गरेर देखाउनुपर्छ, समयको महारथी भएर।’

सन्तनेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसरमा ललितपुरको बाडेगाउँमा शनिबार आयोजित कार्यक्रममा सन्तनेताको सालिकमा माल्यार्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर- रासस

नेपाल अन्धकारमा रुमल्लिरहेको बेला कृष्णप्रसाद भट्टराई, गणेशमानलगायतले राणा शासनको अन्कारलाई फालेजसरी नै लक्ष्‍यमा पुग्‍न र उपलब्धी हासिल गर्न कटिबद्ध भएर काम गर्नु पर्ने उनले औँल्‍याए। आफूलाई पटकपटक आफ्नो स्वास्थ्यबारे प्रश्‍न आउने गरेको भन्‍दै यसबारे कुनै चिन्ता नभएको बताए। उनले भने, ‘सबैको सीमा हुन्छ। ज्ञानको सीमा, क्षमताको सीमा र विधाको सीमा र आयूको सीमा। मेरो पनि आयुको सीमा निर्धारण छ। कुन दिन कति खेर त्‍यो थाहा छैन। यसबारेमा मलाई कुनै चिन्ता छैन। म रहुन्जेल इमानको सीमालाई निर्धारण नगरी काम गर्ने प्रयास गर्छु।’

उनले राजनीतिक प्रसंगमा भने चुनाव हार जितको खेल भएकाले रिङमा गइसकेपछि एउटाले हार्ने र अर्को जित्‍ने नियम भएकाले यसमा सबै राजनीतिकर्मी सतर्क हुनु पर्नेमा जोड दिए। उनले भने, ‘खेलमा हार जित हुन्छ। तर हार्‍यो भन्दैमा छोड्नु हुँदैन। म नि ०६४ मा हारेको थिए। तर पछि भनेको थिए की समय चालू छ।’

उनले राजनीति राष्ट्रको हित र स्वाभिमान भएकाले यसप्रति कसैले पनि बेइमानी नगरी कानुनी राज्‍य कायम गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘सबैको सीमा भए पनि राजनीतिमा इमानको सीमालाई बचाएर सेवा भावले समाजमा परिवर्तन र विकास गर्नु जरुरी छ।’ आफू गाउँले जीवन बिताएकाले राज्‍य सञ्‍चालनमा कुनै छलकपट नगर्ने दाबी गर्दै भने, ‘ म गाईवस्तु चराएर हुर्किएर गाउँबाट आएको हुँ। म हलीको छोरो हुँ। कोदालो खनेको छु। खेत जोतेको छु। साग र ढिँडो खाएको छु। त्‍यसैले शासन सत्तामा बस्दा ममा कुनै दम्भ हुने छैन। त्‍यसैले फाइँफूइँ गर्ने सोच राखँदिन। संयमित भएर काम गर्छु।’

उनले संयुक्त राष्ट्रसंघले घोषणा गरेको दीगो विकास लक्ष्‍य नजिकै आइसकेकाले नेपालले पनि उक्‍त लक्ष्‍य पूरा गर्ने गरी काम गर्नु पर्ने बेला आएको बताए। उनले भने, ‘ नेपाल अब स्थिरता र स्थायित्वमा प्रवेश गर्‍यो। हामी विकास र समृद्धिको कालमा प्रवेश गरेको जानकारी गराउछु। अब पनि नचेते हामी नेपालीहरुले आफ्नै निम्ति कमजोर हुनेछौ। अब अलमल गर्ने होइन।’

अब कसरी सहकार्य गर्ने भन्‍ने कांग्रेस नेता प्रदीप गिरीको प्रश्‍नको जवाफमा ओलीले भने, ‘एउटा संस्था, समय र विधा विशेषले योगदान गरेको देखिन्छ। कांग्रेसको सभापतिमा किसुनजीको समयले उहाँले आफ्नो समयलाई आफूतिर तान्‍नुभयो र योगदान दिनुभयो। दलहरुको योगदान राष्ट्र रराष्ट्रियतालाई कायम राख्‍दै विकास र लक्ष्‍यमा पु्ग्‍ने विधागत रुपमा सहकार्य हुनुपर्छ। यो असल राजनीतिको धर्म पनि हो।’

किसुनजीबाट आफूले सादगी जीवन, खुल्ला व्‍यक्तित्वको शिक्षा र पितासमानको व्यवहार पाएको उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?