घर निर्माणको काम सुस्त, प्राधिकरण भन्छ-१७ हजार पुग्यो

घर निर्माणको काम सुस्त, प्राधिकरण भन्छ-१७ हजार पुग्यो
+
-

चरिकोट-स्थायी आवासका लागि तीन हजार ५ सय ६६ जना भूकम्पपीडितले मात्र सरकारले दिने तीन लाख रकमको सबै किस्ता बुझेको कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाले जनाएको छ।

हालसम्म पहिलो किस्ता ५५ हजार ८१ र दोस्रो किस्ता १४ हजार ८०७ जनाले मात्रै बुझ्कोे कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख रमेश शिवाकोटीले बताए।

तर पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले दोलखामा करिब १७ हजार नागरिकले घर निर्माण गरिसकेको बताएका छन्।

उनले केही घर निर्माण गरिसकेका जनताले दोस्रो तथा तेस्रो किस्ताका अनुदान रकम लिनका लागि प्रक्रिया अगाडि बढाएको र केहीले घर निर्माण सम्पन्‍न गरे पनि रकम लिन नआएका कारण कोष तथा लेखा नियन्त्रकले सार्वजनिक गरेको तथ्याङ्कमा कम घर निर्माण गरेको जस्तो देखिएको बताए।

प्रमुख आचार्यले भने, ‘ ५५ हजार ८१ जनाले प्रथम किस्ता बुझेका छन्, रकम बुझेर घर निर्माण नगरे कारबाही हुन्छ, पुनः निर्माणमा सरकारले जनतालाई र जनताले सरकारलाई सहयोग गर्नुपर्छ यो सरकारको मात्रै काम होइन।’

दोलखामा पुनः निर्माणको काम सुस्त देखिएपछि पुनः निर्माण प्राधिकरणले पनि सक्रियता बढाएको छ। प्राधिकरणका प्रमुख आचार्य भन्छन्,’गैरसरकारी संस्थाको काम नियन्त्रण बाहिर गयो, उनीहरु सरकारी संयन्त्रको कुरा नै टेर्दैनन्।’ गैरसरकारी संस्थाले पनि केही घर निर्माण गरेका छन्, त्यो तथ्याङ्क कोष तथा लेखा नियन्त्रकको कार्यालयमा हुँदैन।

त्यसैगरी, आव ०७४/७५ मा दोलखामा करिब आठ प्रतिशत मात्रै रकम खर्च भएको कोलेनिकाले जनाएको छ। कोलेनिका प्रमुख शिवाकोटीका अनुसार सरकारी कार्यालयमा कम बजेट खर्च हुनुका कारणमध्ये निर्वाचन पनि हुन सक्ने बताउँछन्। दोलखाको ३१ वटा सरकारी कार्यालयको खर्च रकम शुन्य प्रतिशतसमेत रहेको कोलेनिकाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?