बिहारका पूर्वमुख्यमन्त्री लालु यादव भ्रष्टाचार प्रकरणमा जेल (भिडियोसहित)

+
-

बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलाई चारा घोटालाका नामले चिनिएको भ्रष्टाचार मुद्दामा विशेष सीबीआई अदालतले दोषी ठहर गरेपछि उनलाई अदालत परिसरबाटै गिरफ्तार गरिएको छ।

करिब २१ वर्ष पुरानो चारा घोटालासँग जोडिएका ६ मध्ये एउटा मुद्दामा सीबीआई विशेष अदालतले शनिबार दोषी ठहर गरेको छ। लालुलाई दोषी ठहर गर्नुका साथै अदालतले कांग्रेसका नेता तथा बिहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रसहित अन्य ५ जनालाई सफाइ दिएको छ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश शिवपाल सिंहले उनलाई दोषी ठहर गरेबापत केकति सजाय सुनाइनेछ भन्ने जनवरी ३ मा घोषणा हुने बताए। उनको गिरफ्तारीलगत्तै उनलाई राँचीस्थित बिरसा मुण्डा जेलमा राखिएको छ जहाँ कडा सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रिय जनता दलका नेता रघुवंशप्रसाद सिंहले यो फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च न्यायालयमा पुनरावेदन गरिने बताए। सन् १९९१ देखि ९४ का बीचमा ८९ लाख २७ हजार रुपैयाँ बराबरको सरकारी ढुकुटी चारा खरिदका नाममा अपचलन भएको समाचार छापामाध्यममा आएपछि सीबीआईले छानबिन सुरु गरेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?