पाँच महिनामा दुर्घटनामा ९९ को मृत्यु

+
-

सुर्खेत- मध्यपश्चिमका १३ जिल्लामा चालु अर्थिक वर्ष (आव) को पाँच महिनामा १ सय ३५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ९९ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० गम्भीर घाइते भएका छन्।

मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने अधिकांश दाङका छन्। क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका इन्चार्ज तथा प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले दिएको जानकारी अनुसार यस आर्थिक वर्षको ५ महिनामा दाङमा सबैभन्दा बढी ३९ वटा सवारी दुर्घटनाका घटना भएका छन्। दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन् भने २८ जना गम्भीर घाइते भएका छन्। ३१ जना सामान्य उपचारपछि घर फर्केका छन्।

जिल्ला ट्राफिक कार्यालय बाँकेको क्षेत्रभित्र २८ वटा सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने पाँच जना गम्भीर र २६ जना साधारण घाइते भएका छन्। क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरको क्षेत्रभित्र १६ वटा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएको, १३ जना गम्भीर घाइते, ७ जना साधारण घाइते भएको उल्लेख छ। ट्राफिक प्रहरी उपरीक्षक खडकाले दिएको जानकारीअनुसार पछिल्लो पाँच महिनामा रुकुममा ८ र सल्यानमा ७ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्।

जुम्लाका ७, सुर्खेतका ६ र दैलेखका ५ जनाले पनि चालु आर्थिक वर्षमा सवारी दुर्घनामा परी ज्यान गुमाएका छन्। ट्राफिक प्रहरी उपरीक्षक खडकाका अनुसार, कालिकोटमा ५, प्यूठानमा ४ र जाजरकोटमा १ जनाले ज्यान गुमाए पनि मुगु र रोल्पामा सवारी दुर्घटनाको कुनै घटना यो बीचमा भएका छैनन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?