लायन्स तथा लियो क्लबद्वारा कपडा वितरण

+
-

काठमाडौस्थित एक लायन्स र एक लियो क्लबले शनिबार बालाजु माछापोखरीस्थित अपांग स्याहार केन्द्रमा जाडोका लागि न्यानो कपडा वितरण गरे।

हामी सेवा गर्छौं भन्ने भावनालाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौँ छाब्दिबाराही, लायन्स क्लव अफ काठमाडौ ब्रदर छाब्दिबाराही र लायन्स क्लव अफ काठमाडौँ बेदब्यासले न्यानो कपडा वितरण गरेका हुन्।

यी क्लब लायन्स जिल्ला परिषद् २२५ बि १ नेपाल जोन ४९ अन्तर्गत पर्छन्। अभियानमा लियो जिल्ला परिषद् ३२५ बि १ नेपाल जो ६ अन्तर्गतका लियो क्लब अफ काठमाडौँ छाब्दिबाराही, लियो क्लब अफ काठमाडौँ दरबारमार्ग, लियो क्लब अफ काठमाडौँ नागार्जुनका साथै युनाइटेड युथ्स नेपाल पनि सहभागी थिए।

त्यस अवसरमा अपांग स्याहार केन्द्रमा ब्ल्यांकेट तथा डस्ना बाँडेर सम्पन्न भएको छ। केन्द्रमा रहेका अपांग नागरिकहरुलाई ‘बाँडौ न्यानो माया’ अभियान कपडा वितरण गरिएको आयोजक संस्थाले जनाएका छन्।

कपडा वितरण कार्यमा लायन्स डिस्ट्रिक ३२५ बि १ का पि.आ.वो चिफ लायन्स महेन्द्र पौडेल, जोन चियर पर्सन लायन्स मान बहादुर थापा, लायन्स सरस्वती श्रेष्ठ, लायन्स शिवहरी तिमल्सिना, लायन्स दुर्गा प्रयास उपाध्याय, लियो मिन राज भाट, सुदीप रायमाझी लगायत  सहभागी थिए।

कार्यक्रममा सभाध्यक्ष सरस्वती श्रेष्ठले समाजका असहायका लागि लियोले गरेको यस कार्यक्रमले थोरै भए पनि दुखमा मल्हम लगाएको बताए। यस्तै प्रमुख अतिथि डिस्ट्रिक पीआरओ लायन्स महेन्द्र पौडेलले लायन्सले गर्नुपर्ने काम लियोले गरेकोमा धन्यवाद दिँदै आगामी कार्यक्रमको सफलताको लागि शुभकामना दिए।

कार्यक्रमका अतिथि जाने—४९ का चियर पर्सन मानबहादुर थापा र सभाध्यक्ष सरस्वती श्रेष्ठले संयुक्त रुपमा सामग्री हस्तान्तरण गरे। उक्त अवसरमा चियर पर्सन थापाले समाजसेवाका कार्यमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। लियो क्लबले यस कार्यमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए। उक्त अभियान अन्यत्र पनि निरन्तरता दिइने क्लबहरुले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?