सुदुरपश्चिम महोत्सवमा सर्वसाधारणको ओइरो, आयोजकद्वारा टिकट बन्द

सुदुरपश्चिम महोत्सवमा सर्वसाधारणको ओइरो, आयोजकद्वारा टिकट बन्द
+
-

कैलाली- धनगढीमा जारी सुदुरपश्चिम महोत्सवमा अवलोकनकर्ताको ओइरो लागेपछि आयोजकले टिकट बन्द गरेका छन्।

महोत्सवमा हजारौ दर्शक ओइरिएपछि स्थान अभावमा आयोजकले टिकट बिक्री बन्द गर्नु परेको जानकारी दिएको छ।

शनिवार आयोजक कैलाली उद्योग वाणिज्य संघले टिकट बन्द गरेपछि फिर्ता भएका धेरै अवलोकनकर्ताहरु आक्रोसित भएका थिए।

शनिबार परेकाले बालवालिकासहित धनगढी र आसपासका गाउँबाट ठूलो संख्यामा सर्वसाधारणहरु महोत्सव अवलोकनका लागि आएका थिए।

महोत्सव स्थल बाहिर पनि टिकट नपाएका अवलोकनकर्ताको ठूलो भिड लागेपछि प्रहरीले चारैतिरबाट महोत्सव स्थल जाने बाटो तीन घण्टा बन्‍द गरेको थियो।

धनगढीमा खुलामञ्‍चको अभाव भएपछि अञ्‍चल प्रहरी कार्यालय सेतीको मैदानमा महोत्सव आयोजना हुँदै आएको छ। तर उक्त मैदान पनि साँघुरो भएका कारण दर्शक उभिनका समेत ठाँउ छैन।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले भने, ‘ धनगढीमा ठूलो प्रदर्शनी स्थल निमार्ण गर्न लामो समयदेखि माग गरेका छौ। तर पनि माग सुनुवाइ भइरहेको छैन। ‘

उनले संघले माग बराबरको सांकेतिक माला आन्दोलनमा प्रदर्शनी स्थल निमार्णको मागलाई प्राथमिकताका साथ उठाउदै आएको बताए।

यो पनि हेर्नुहोस्:

सडक महोत्सव प्रचारका लागि छिमेकी जिल्ला पुग्यो रेवान टोली

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’