
राजविराज- एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन्।
राजविराज नगरपालिका वडा नं-१२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ।
राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्थित घर जाने क्रममा बीच बाटाबाटै सम्पर्कविहीन भएको बताइएको छ।
किशोर सम्पर्कविहीन भएका विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिइएको छ।
पीडित परिवारले किशोरको खोजीका लागि पहल गरिदिन स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसँग आग्रह गरेको छ।
यसअघि दुई दिन अगाडि बेपत्ता रहेका आफ्ना साथीको खोजी गरिदिन माग गर्दै सो विद्यालयका छात्रछात्राले राजविराजमा प्रदर्शन गरेका थिए।
यो पनि हेर्नुहोस्:
त्रिशूलीमा बेपत्ता भएका तीन जनाको शव भेटियो