तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने

तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने
+
-

पर्वत- युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

निजी क्षेत्रको कम्पनी युनाइटेडले मोदी १ बाट २०६९ मंसिरदेखि १० मेगावाट विद्युत उत्पादन गर्दै आएको छ।

कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले आयोजनाले हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको जानकारी दिए।

साधारणसभामा कम्पनीका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ वर्षमा लक्ष्यअनुसार नै आम्दानी गरिरहेको दाबी गरे।

आर्थिक बर्ष २०७२-७३ मा बाढीले चार महिना बढी समय विद्युत आपूर्ति बन्द हुँदा पनि बीमाले क्षतिपूर्ति दिँदा ठूलो क्षति व्यहोर्नु नपरेको जनाएको छ । कम्पनीले बीमाबापत १९ करोड ७ लाख रुपैयाँ पाएको थियो।

अघिल्लो आर्थिक बर्षमा १४ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको आयोजनाले गत आर्थिक बर्षमा आम्दानी ७७ प्रतिशत वृद्धि गर्दा २८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक बर्षमा एक करोड ३५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आर्थिक बर्षमा चार करोड ८८ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालू आर्थिक बर्षको पहिलो तीन महिनामा कम्पनीले चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ ।

मोदी २ को निर्माणका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिएका छन्। गत कात्तिकमा कम्पनीले पर्वत जिल्लाका बासिन्दालाई मात्रै लक्षित गरी ११ लाख ५० हजार कित्ता साधारण सेयर बाँडफाँट गरेको थियो। (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?