म्यान सिटीको गोल रफ्तार: १९ खेलमा ६० गोल

म्यान सिटीको गोल रफ्तार:  १९ खेलमा ६० गोल
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलमा यो सिजन शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको गोल रफ्तार सनसनीपूर्ण देखिएको छ। प्रतियोगितामा म्यान सिटीले १९ खेल समाप्तिमा ६० गोल गरेको छ। म्यान सिटीले प्रति खेल तीनभन्दा बढी गोलको ‌औसतमा गोल गरिरहेको छ।

यो सिजन म्यान सिटीले घरेलु लिगमा केवल १२ गोल ब्यहोरेको छ भने प्रतियोगितामा अपराजित पनि छ। सिटीले प्रतियोगिताका ठूला टोलीहरु टोट्टनह्यामलार्इ ४-१ गोलले, लिभरपुललार्इ ५-० गोलले, आर्सनललार्इ ३-१ गोलले हराएको थियो।

यो सिजन घरेलु लिगमा म्यान सिटीका सर्जियो एगुएरो र रहिम स्टर्लिङले समान १२ गोल गरेका छन्। यसैगरी गाब्रियल जिससले पनि आठ गोल गरेका छन्। प्रतियोगितामा म्यान सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १३ अङ्कले अगाडि छ।

स्पेनिस ला लिगाको यो सिजन शीर्षस्थानमा रहेको बार्सिलोनाले १७ खेलमा ४५ गोल गरेको छ भने सात गोल ब्यहोरेको छ। यसैगरी इटालियन सिरी एको शीर्षस्थानमा रहेको नापोलीले १८ खेलमा ४१ गोल गरेको छ भने १३ गोल ब्यहोरेको छ। बुन्डेस लिगाको शिर्षस्थानमा रहेको बायर्न म्युनिखले १७ खेलमा ३७ गोल गरेको छ भने ११ गोल सामना गरेको छ।

म्यान सिटी यो सिजन युरोपियन च्याम्पियन्समा समूह विजेता बन्दै नकआउट चरण पनि पुगिसकेको छ। अन्तिम खेलमा साख्तर डोनेट्स्कसँग २-१ गोलले पराजित भएपछि प्रतियोगितामा म्यान सिटीको अपराजित यात्रा टुङ्गिएको थियो। समूह चरणमा म्यान सिटीले ६ खेलमा १५ गोल गरेको थियो भने पाँच गोल ब्यहोरेको थियो।

यो पनि हेर्नुहोस्:

रोकिएन म्यानचेस्टर सिटीको गति

म्यान सिटीको लगातार १५ औं जित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?