ईपिएलमा कस्को सम्भावना कति

ईपिएलमा कस्को सम्भावना कति
+
-

काठमाडौं– राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट पहिलो चरणको खेल सकिने संघारमा छ। ६ टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा चार टोलीका एक एक खेल र  दुई टोलीका समान  दुई खेल बाँकी छन्।

त्यसमध्ये शीर्षस्थानमा रहेको विराटनगर वारियर्स दोस्रो चरणमा पुगिसकेको छ। बाँकी सबै पाँच टोलीको धेरै थोरै सम्भावना बाँकी छ। विराटनगरले सबै खेल जितेर चार खेलबाट आठ अंक जोडेको छ। तीन तीन खेल खेलेका भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजको समान चार अंक छ। चार खेलपछि ललितपुर प्याट्रियट्स, चितवन टाइगर र काठमाडौं किंग्स इलेभेनको दुई/दुई अंक छ।

राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौं र ललितपुरले पोखरा र भैरहवाले चितवनसँग प्रतिस्पर्धा गर्ने छ। भैरहवा र पोखरा पनि आपसमा भिड्नेछन्। राउन्ड रोबिनपछि शीर्ष चार टोली दोस्रो चरणमा पुग्नेछन्। राउन्ड रोबिनको शीर्ष दुई टोली फाइनल प्रवेशका लागि खेल्नेछन्। उक्त खेलमा पराजित हुने टोलीले फाइनल पुग्न फेरि एक पटक प्रतिस्पर्धा गर्ने छ।

उसले राउन्ड रोबिनको तेस्रो र चौथो टोलीबीच हुने खेलको विजेतासँग फाइनल पुग्न पुन: प्रतिस्पर्धा गर्ने छ। सुरुका तीन खेलमा पराजित भएको चितवनले बुधबार ललितपुरलाई हराएर अगाडि बढ्ने सम्भावना कायम राखेको हो। यसैगरी पहिलो खेलमा विजयी भएको ललितपुर त्यसयता लगातार पराजित भएको छ। ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको छ।

यसैगरी चितवनलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको पोखरा दोस्रो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको थियो । तर तेस्रो खेलमा काठमाडौंलाई ६ विकेटले हराएपछि पोखरा शीर्ष दुईमा रहने होडमा समेत देखिएको छ।

प्रतियोगिताअन्तर्गत सोमबार भैरहवा र पोखरा प्रतिस्पर्धा गर्दैछन्। यस खेलको विजेता दोस्रो चरणमा पुग्ने छ। सोमबार नै हुने विराटनगरविरुद्धको खेलमा काठमाडौं पराजित भए, राजधानीको टोलीको सम्भावना सकिने छ। मंगलबार हुने खेलमा ललितपुर र पोखरा तथा भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुने छ ।

त्यसदिन साँझसम्म दोस्रो चरण पुग्ने सबै टोलीको टुंगो लागिसक्ने छ।

ती दुवै खेलमा तीन टोली जित्नैपर्ने दबाबमा हुनेछन्, अगाडि बढ्ने सम्भावना कायम राख्न। यो प्रतियोगिता नेपालमा आयोजित अहिलेसम्मकै सबैभन्दा ठुलो ब्यावशायिक क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?