राष्ट्रपतिले देशलाई बन्धक बनाएको नेविसंघको आरोप

+
-

काठमाडौँ- नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाबस्वरुप सडक संघर्ष सुरु गरेको छ।

राजधानीमा आइतबार नेविसंघ केन्द्रीय समितिको आयोजनामा भएको दबाबमूलक र्‍यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो।

नेविसंघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको र्‍यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्टपति उद्धत रहेको आरोप पनि लगाएको छ।

र्‍यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियत दिएकोले त्यही अनुसार काम गर्न आग्रह गरे।

सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुंङ्गेल , डोजाङ शेर्पा , पिपिन अधिकारी, तुलसी आचार्य लयायतले सम्बोधन गन गरेका थिए।

राष्टपतिको हस्तक्षपकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

तस्बिरहरु- बर्षा शाह

यो पनि हेर्नुहोस्:

राष्ट्रियसभा गठनबारे मिल्न दलहरुलाई राष्ट्रपतिकोआग्रह

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?