कृषि औजार प्रयोगमा किसानको पहुँच बढ्दै

कृषि औजार प्रयोगमा किसानको पहुँच बढ्दै
+
-

दाङ-मकैको विउ लगाउने, गोड्ने, ओकेरा लगाउने, काट्ने औजार किसानले प्रयोग गर्न थालेका छन् । कृषि औजारको प्रयोगमा किसानको पहुँच विस्तारै वढ्न थालेको हो।

लमही नगरपालीका वडा नं. ७ निवासी अनन्तराम चौधरीले पावर टिलर ट्रेक्टर चलाउन धेरै भैसक्यो । तर, त्यो सानो ट्याक्टरको उपयोगिता र प्रयोगको बारेरेमा कमै जानकारी रहेछ। जब उनी कृषि यन्त्र संचालन र मर्मत सम्न्धिब ज्ञान हाँसील गरेपछि त्यसको उपयोगीता र प्रयोगवारे स्पष्ट भए।

‘खेतवारी जोत्नको लागी मात्रै प्रयोग गरीरहेको थिएँ तर, यही पावर टिलरमा जोडेर धान, गहुँ काट्न सकिदो रहेछ, मकै छर्न, गोडमेल गर्न, ओकेरा लगाउन समेत सकिदो रहेछ’उनले भने–‘अब हरेक सिजनमा काम गर्न सजिलो हुनेभयो, कृषि यन्त्र प्रयोग गरेपनि त्यसको बहुउद्देश्यीय प्रयोगको वारेमा थाहा नपाउदा धेरै पछी परेको महशुस अहिले भइरहेको छ।’

देउखुरी स्थित राप्ती गाउँपालीका र लमही नगरपालीकाका किसानहरुलाई लक्षित गरेर कृषि यन्त्र सन्चालन र मर्मत सम्वन्धि तालीम सञ्चालन भएपछी किसानहरु कृषि यन्त्रको प्रयोग र मर्मतमा सक्षम बनेका हुन् ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ सुपरजोन मकै कार्यक्रम सन्चालन भएका क्षेत्रका किसानहरुलाई कृषि औजारको मर्मत सगै नयाँ औजारबाट मल बीउ छर्ने उपकरणहरुको प्रयोग गरेर धेरै भन्दा धेरै उत्पादन बढाउदै आर्थिक आय आर्जनमा टेवा पुर्‍याउने भएपछि किसानहरु यस तर्फ आकर्षीत भएका हुन् ।

‘किसानहरुको क्षमता वढाउदै आय आर्जनमा सरिक गराउने उद्देश्य राखेर कृषि यन्त्र, औजार, उपकरण सञ्चालन तथा मर्मत गर्न सिप सिकाइएको हो’परियोजना प्रमुख महेश रेग्मीले भने–‘कृषि यन्त्र सम्म किसानको पहुँच वढ्यो भने व्‍यावसायीक उत्पादन हुन्छ।’

मान्य तया आफूले चउलाउदै आएको पावर टिलरका साथै त्यसमा जोडीने औजारहरुमा आउने सामान्य समस्या मिस्त्रिलाई देखाउनुपर्ने बाध्यताबाट छुटकारा पाउन कृषकहरुलाई यस प्रकारको तालीम दिइएको हो । पावर टिलरमा सामान्य खराबि आएमा के गर्ने भन्ने बिष र नयाँ यन्त्रद्धारा मल, बिउ छर्ने सैद्धान्तिक तथा प्रयोगातमक तालिम दिईएको प्रशिक्षक तथा ईन्जिनियर सुबास अधिकारीले जानकारी दिए।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’