‘म्यादी प्रहरीलाई हामीले भेदभाव गरेका छैनौँ’

+
-

काठमाडौँ- नेपाल प्रहरीले म्यादी प्रहरीको तलवभत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ।

साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए।

उनले भने, ‘सबैलाई आधारभूत तलब मासिक र१७ हजार २३० रुपैयाँका दरले दिइएको छ। यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरक/फरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरक/फरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ।’

शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो। कालिकोटमा म्यादी प्रहरीलाई दिने भनिएको सबै सेवासुविधा दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

कालिकोट घटनाको सम्बन्धमा छानविन समिति गठन गरिएको र समितिले काम सुरु गरिसकेको उनले बताए।

म्यादी प्रहरीको भर्ना खोल्दा तोकिएकै सेवा, सुविधाअनुसारको रकम बैंकमार्फत उनीहरुको खातामा पठाइएकोे उनले बताए।

सरकारले ५५ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरीका लागि भर्ना माग गरेको थियो । निर्वाचन अवधिभर एक हप्ताका लागि प्रतिदिन  २ सय ५० रुपैयाँका दरले विशेष भत्ता, रासन र सात दिनकै लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले खाजाखाना खर्च उपलब्ध गराएको थियो।

सेवा अवधिभर घाइते भएमा उपचार खर्चवापत १ लाख ५० हजार रुपैयाँ र मृत्यु भएमा १५ लाख रुपैयाँको बिमा गरिएको थियो। पोशाक भत्ताबापत चार हजार र खटिएको ठाउँमा जान एक हजार रुपैयाँ खर्च उपलब्ध गराइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

म्यादी प्रहरी मारिएको विरोधमा सुर्खेतमा प्रदर्शन

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’