भारतलाई एक सय ३६ रनको लक्ष्य

+
-

 

मुम्बई– भारतविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टी क्रिकेटमा श्रीलंकाले एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन जोड्यो। आसेला गुणारत्नेले सर्वाधिक ३६ रन बनाए। दासुन सानकाले पनि २९ रन जोडे।

निरोसान डिकवालाले एक, उपुल थारंगाले ११, कुशल परेराले चार, सदिरा सामाराविक्रमाले २१, थिसारा परेराले ११ र दनुस्का गुणारत्नेले तीन रन बनाए।

१८ रन जोड्दा तीन विकेट गुमाएको श्रीलंकाका लागि मध्यक्रमका आसेला र सामाराविक्रमाले सम्हाल्ने प्रयाश गरेका थिए।
बलिङतर्फ भारतका हार्दिक पान्ड्या र जयदेब उनाडकटले दुई दुई विकेट लिए।

मोहम्मद सिराज, कुलदिप यादब र वासिंटन सुन्दरले एक एक विकेट हात पारे। तीन खेलको यस शृंखला भारतले यसअघि नै जित्ने निश्चित गरिसकेको छ । श्रीलंकाले क्लिनस्विप हार टार्न यो खेल जित्नैपर्ने दबाब छ ।

भारत भ्रमणमा रहेको श्रीलंकाले एकदिवशिय र टेस्ट शृंखला पनि गुमाएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?