क्रिसमस इभको वाइल्ड रात (भिडियोसहित)

+
-

काठमाडौं- राता पोशाक र राता टोपी बेच्नेको होडबाजी चल्दै छ। राता पोशाक र रातै टोपीमा सजिएका मानिसहरु उत्साहित देखिन्छन्। सडकमा गाडीमोटर गुडेका छैनन् तर सडक छेउमा अस्थायी फास्टफुड पसलहरु खुलेका छन्। क्लब र डिस्कोअगाडि थामिनसक्नु भीड छ। सबै आआफ्नै सुरमा देखिएका छन्।

आइतबार बेलुका ठमेल र दरबारमार्गमा देखिएको दृश्य हो यो।

केही दिन अघिसम्म ठमेलका सडकमा नेपाली भन्दा विदेशीहरु बढी देखिन्थे तर आइतबार बेलुकाको दृश्य फरक थियो।

आजभोलि शान्त भएका ठमेलका गल्लीहरुमा विदेशीभन्दा नेपालीको संख्या धेरै थियो।

केही वर्षयता नेपालमा क्रिसमस मनाउने प्रचलन बढ्दै जादाँ ठमेल, दरबारमार्ग लगाएका ठाउँहरुमा चाडपर्वका समयमा रौनक बढ्दै गएको छ। बिशेषत: क्रिसमस इभ र क्रिसमस मनाउन युवायुवतीहरु ठमेल, दरबारमार्गलगातका क्षेत्रहरुमा भेला हुन्छन्।

क्रिसमस इभको मौका छोपी ठमेल, दरबारमार्ग र लाजिम्पाटका नाम चलेका क्लवहरुले प्रवेश शुल्क नै १ हजार रुपैयाँ लिइरहेका थिए।

ठमेलमा एक क्लव अगाडि भेटिएका टोखा बस्ने प्रदीप पौडेलले सोमबार कार्यालय बिदा भएकाले रमाइलो गर्न आएको बताए।

भारतबाट आइतबार नै नेपाल आएका मेक्सिकन दम्पत्तीले ३ दिनको छुट्टीमा क्रिसमस मनाउनकै लागि आएको बताए।

ठमेलका स्थानीय करिब ५५ बर्षीय नातिकाजी महर्जन सडक छेउबाट नेवारी परिकार बेच्न व्यस्त थिए। उनले चार पाचँ बर्ष पहिला क्रिसमसका समयमा ठमेल सुनसान हुने भए पनि हाल अवस्था फेरिएको बताए।

विगतमा बर्षहरुमा संचयकोष भवन अगाडी ठमेल पर्यटन विकास काउन्सिलले कन्सर्ट गर्थ्यो तर यस वर्ष  ठमेल परिसरमा कुनै पनि संघ संस्थाहरुले कार्यक्रम गरेका थिएनन्। ठमेल पर्यटन विकास काउन्सिलका अध्यक्ष राजीव गुरुङले सुरक्षा लगाएका कारणले क्रिसमसमा कन्सर्ट जस्ता कुनै कार्यक्रम नगरिएको बताए।

उनले क्लब, रेस्टुरेन्टहरुले गर्ने कार्यक्रमहरुमा आकर्षण बढेकाले पनि बाहिरी कार्यक्रम नगरिएको बताए।

दरबारमार्गमा पनि ठमेल झैँ भीडभाड हुने गरेको छ। सडक पेटीहरुमा युवायुवतीको संख्या अत्याधिक छ। नेपालमा क्लब कल्चर बढ्दै जाँदा युवापुस्ताको क्रिसमस इभ, न्यु ईयर इभ लगायतका कार्यक्रममा सहभागिता बढरहेको छ।

तारे होटल देखि चल्तीका क्लबहरुमा मानिसहरुको चहलपहल भइरहँदा केही मानिस भने दरबारमार्गका सडकपेटीमा सुत्ने तयारी गर्दै थिए।

ठमेलको दृश्य पनि फरक थिएन, कोही समूह बनाएर मेरी क्रिसमस भन्दै चकलेट बाँड्दै गर्दा ६-८ वर्षका केटाकेटीहरु समूह बनाएर पैसा मागिरहेका थिए।

लाजिम्पाटका सन्तोष गुरुङ भन्दै थिए, ‘आज जे सुकै होस् वाइल्ड गरिन्छ।’

क्रिसमस इभका नाममा  गुरुङ जस्तै  वाइल्ड गर्नेको जमातले दरवारमार्ग ठमेल लाजिम्पाटमा भरिएको छ।

यो पनि पढ्नुस्..

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?