काठमाडौँ- वरिष्ठ स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै चिकित्सकले पशुपतिनाथमा दीप प्रज्ज्वलन गरेका छन्। लण्डनको किंग्स कलेजमा उपचारार्थ डा. देवकोटको स्वास्थ्य लाभको कामना सहित वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको नेतृत्वमा चिकित्सकले दीप प्रज्ज्वलन गरेका हुन्।
डा. देवकोटालाई पित्तनलीमा क्यान्सर भएको सूचना बहिर आए पनि उनको परिवार र उपचारार्थ चिकित्सकबाट आधिकारिक जानकारी सार्वजनिक भएको छैन। हालै सम्पन्न निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका पक्षमा प्रचारगरेलगत्तै उनले थकान महसुस गरेको र आराम तथा थप स्वास्थ्य जाँचका लागि उनीको पत्नी मधु देवकोटाका साथ लण्डनतर्फ लागेका थिए।
यो पनि हेर्नुहोस्:
वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन
स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

भर्खरै
लोकप्रिय






































































































































































































