दाङ- राप्ती नदीको किनारमा खुलेका क्रसर उद्योग तथा बालुवा प्रशोधन कम्पनीले अनाधिकृत रुपमा ढुंगा जन्य वस्तुको उत्खनन् र संकलनको काम गरिरहेका छन्। गढवा गउँपालिका वडा नं. ५ र ६ को गाउँलाई जोखिम पर्नेगरी राप्ती नदीमा जेसिबीको प्रयोग गरी ढुंगाजन्य वस्तु उत्खनन् भइरहेको हो।
गढवा गाउँपालिका वडा नं. ५ स्थानीय सन्तोष केसीले क्रसर उद्योगले विकास निर्माणको योजनाको नाममा नदी तथा खोलाबाट ढुंगा जन्य वस्तुको अनधिकृत रुपमा उत्खनन् गरेर विक्रि वितरणको लागि डम्पिङ्ग गरेर गरेको बताए। उनले भने ‘जेसीबीले नदीभित्र पसेर बालुवा र गिट्टी उत्खनन् गर्दै टिप्पर मार्फत क्रसर उद्योगमा ओसारिरहेको छ, नदीमा ठूलो खाडल परेको छ, वर्षामा आउने भेल गाउँ पस्यो भने हाम्रो उठीबास लाग्छ।’
उनले नदीमा जथाभाबी जेसीबी हालेर उत्खनन् गर्दा प्राकृतिक सम्पदाको उच्च दोहन भएकोमा स्थानीय प्रखुम मौन रहेको आरोप लगाए। उनले भने, ‘ प्रशासनले उल्टै विकास निर्माणका लागि भन्दै क्रसर उद्योगले जथाभावी गिटीबालुवाको तस्करी गरिरहेको छ।’
यस्तै लमही नगरपालिका वडा नं. ४ वुटकौवामा गाउँमा तटवन्ध गरिदिने नाममा राप्ती नदीवाट ढुंगा जन्य वस्तु ओसारिरहेको स्थानीय शान्तीप्रसाद चौधरीले गुनासो गरे। उनले भने, ‘नदीबाट गिट्टी उठाईरहेकाहरुले गाउँमा तटबन्ध गरिदिन्छौ भन्छन्।तर अहिलेसम्म काम सुरु गरेका छैनन्। ‘
उनले गाउँको जग्जा हरेक वर्ष बाढीले कटान गरिरहेकाले गिटी वालुवाको उत्खनन् र दोहनले वर्षायाममा ठूलो नोक्नसानी ब्योहोर्नुपर्ने दाबी गरे। उनले भने, ‘हाम्रो गाउँको जग्गा हरेक वर्ष नदीले काटेर लगीरहेको छ, यसरी खोलामा जेसीवी हालेर उत्खनन् गर्दा वर्षामा धेरै नोक्सानी गर्न सक्छ।’ राप्ती नदीलाई आधार मानेर एक दर्जन क्रसर उद्योग खोलिएकाछन्। ती क्रसर उद्योगहरुले राप्तीलाई दोहन गरेर ढुंगा जन्य वस्तु उत्खनन गर्ने गरेका छन्।
जिल्ला अनुगमन समितिले विकास निर्माणका योजनालाई लक्षित गरेर दाङ उपत्यकाको ग्वार खोला र देउखुरीको राप्ती नदीको केही स्थानबाट ढुंगाजन्य वस्तु उत्खनन्को लागि अनुमति प्रदान गरेको छ। त्यो अनुमतीको आधारमा जिल्ला समन्वय समितिले उत्खनन्को लागि ठेकेदारलाई जिम्मा दिएको छ।
यता, जिल्ला समन्वय समितिका स्थानीय विकस अधिकारी भरत वुढाथोकीले विकास निर्माणको प्रयोजनको लागि जिल्ला अनुगमन समितिको निर्णय छोटो समयको लागि ठेक्का दिएको बताए। उनले भने, ‘विषयगत कार्यालयले थालेका योजनाहरुमा ढुंगा जन्य वस्तु लगिने छ। वातावरणीय असर नपर्नेगरी संकलनको लागि मात्रै अनुमति प्रदान गरेका छौ। ‘

भर्खरै
लोकप्रिय






































































































































































































