काठमाडौं-काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतिदेवीस्थित सेतो पुलमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको महानगरी ट्राफिक प्रहरीले जानकारी दिए।
ट्राफिकका अनुसार बस पल्टिँदा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

उनीहरुलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा ८ जना र ट्रमा सेन्टरमा ९ जनालाई भर्ना गरिएको छ। बीच सडकमै बस पल्टिएकाले ट्राफिक प्रहरीले सवारीसधान चल्न रोक लगाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो।

बसको अगाडीको भागले पोलमा हान्दा बसको अगाडिको भागमा क्षति पुगेको छ भने पोल भाँचिएको छ।

तस्बिरहरु: वर्षा शाह

भर्खरै
लोकप्रिय






































































































































































































