विराटनगर र भैरहवामध्ये एक फाइनलमा

विराटनगर र भैरहवामध्ये एक फाइनलमा
+
-

काठमाडौं-राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको फाइनल पुग्न विराटनगर वारियर्स र भैरहवा ग्लाडिटर्सबीच प्रतिस्पर्धा हुने भएको छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको आफ्नो पाँचौं तथा अन्तिम खेलमा भैरहवाले चितवन टाइगर्सलाई चार विकेटले हराएपछि विराटनगरसँग भिडन्त तय गरेको हो।

विराटनगर र भैरहवाबीच बुधबार प्रतिस्पर्धा हुने छ। विजेता फाइनल पुग्ने छ।

उक्त खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने अर्को एक अवसर पनि पाउने छ । भैरहवाले चौथो जित हात पार्नेक्रममा कसिलो बलिङ गर्‍यो।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रन जोेडेको थियो।

दीपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले १५/१५ रन जोडे । ललित भन्डारीले १३ र अन्तिम थापाले ११ रन बनाए।

भैरहवाका बलर शरद भेषावकरले तीन तथा हरिशंकर शाह र भुवन कार्कीले दुई दुई विकेट लिए। भैरहवाले १८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

रहवाका पुनित मिश्राले ३० र रोहित पौडेलले २० रन बनाए । भैरहवाले राउन्ड रोबिनमा विराटनगरसँग हार ब्यहोर्नुबाहेक सबैलाई हरायो।

विराटनगर भने पहिलो चरणमा अपराजित रह“दै अगाडि बढेको हो। प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ।

चितवनले भैरहवासँग हार ब्यहोरेपछि पोखरा पनि दोस्रो चरण पुगेको छ।

पाँच खेलबाट विराटनगरले १० अंक जोड्यो भने भैरहवाको आठ अंक भयो।

चार खेल खेलेको पोखराको चार अंक छ र ललितपुरको दुई अंक छ । पाँच खेल खेलिसकेका चितवन र काठमाडौं किंग्स इलेभेनको दुई दुई अंक छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’